Monday, November 26, 2012

Some Tweets and Facebook Status of Mine....

कुनै गोरेटोमा रहेको चौतारो, विश्रामस्थल । जहाँ आउने आइरहन्छन् अनि गइरहन्छन् । एउटा गए अर्को आउँछ, अनि त्यो पनि गए फेरि अर्को ।

र त्यही चौतारो जहाँ आइरहन्छन् गईरहन्छन्, एवंप्रकारले चलिरहन्छ आयाराम गयाराम । तर कुनैबेला यस्तो हुन्छ जहाँ न कोहि आउँछन् न कोहि जान्छन् ।

परिस्थिति उहि, उद्देश्य उहि, भावुत्तेजना उहि, भावावेग उहि, सम्बन्ध उहि, परिणाम पनि उहि बस मान्छे र समय मात्र फरक ।

अहिले चिसो याम याने चिस्सिने याम । आउँछ ताते याम याने तात्ने याम पनि । कुनै कुरा स्थायी छैनन् । नथिङ इज परमानेन्ट ।

एउटी आई, अनि गई, अर्की आई, गई, फेरि अर्की आई गई, फेरि पनि अर्की आइ अनि गई, एवंप्रकारले आउने जाने क्रम जारी छ ।

हुनसक्छ यो हो त्यो होइन, हुनसक्छ त्यो हो यो होयन, हुनसक्छ त्यो यो केही होइन अरु नै केही हो, यस्ता हुनसक्छहरु धेरै छन् यहाँ ।

एकजना मित्रले सहजै सोधे– ‘यो साला जाडो किन हुन्छ ??’ मैले पनि सहजै भनिदिएँ– ‘गर्मी कम भएर ।’

“तँ साला मान्छे नै अनलक्की छस् के” १ वर्ष अघि मेरो आदरणीय दाजुले भनेको वाक्य अझैसम्म पनि ध्वनित भैरहेछ । अनलक्की, अनलक्की, अन्लक्की ........

भन्नेहरुले भनिरहन्छन्, सुन्नेहरुले सुनरिहन्छन्, गर्नेहरुले गरि नै रहन्छन् । जोसँग जे छ त्यो गर्न पाउनु मान्छेको नैसर्गिक अधिकार हो !

५३७ ओटा गीतहरु प्लेलिष्टमा राखेको छु । संगीतमय वातावरणमा भुल्ने कोशिष गरिरहेछु ।

कसैलाई अलि बढि नै मजबुर ठानेर कदम चाल्नु पनि एक किसिमको मूर्खता नै हो । त्यसतो त मूर्खहरुले बनाएका महामूर्ख हामी ।

म अहिले तिम्रो लागि पूर्णतः अपरिचित छु, तैपनि प्रतीक्षा गर्नेछु तिम्रो मुखारविन्दुबाट केही शब्द अनि केही वाक्य प्रष्फुटनको ।

आजकल त खोई किन हो, अनि के भएको हो कुन्नि ! कुनै पनि कुराहरु नौला लाग्न छाडे भन्या ।

मान्छे हरेक पल, हरेक कुरामा अभ्यस्त हुँदै गइरहन्छ, अतः ऊ अभ्यस्त छ तैपनि आत्तिन्छ कुनैबेला, त्यो अत्याई ऊसको स्वभाव हो, बाँकी ऊ अभ्यस्त छ ।

कुनै पनि कुरा, शब्द, वाक्य, अनुच्छेद वा अरु कुनै आफैमा सहि-गलत हुँदैन । भिन्न मान्छेहरुको भिन्न सोचाईंहरुले सही-गलतको संज्ञा दिने मात्र हो ।

अब नच्याँप्नु पिसाबले नराम्रो सँग च्याँपेपछि कसले रोकिरहन सक्छ र ? यदि रोकिहाले पनि कतिबेर सम्म रोक्नु के !

सहज र सरल जीवन जिउने लोभमा अझै कति कष्टप्रद अवस्थाको सामना गर्नुपर्ने हो खै कुन्नि ? निधार नै फोडेर के के लेखेको रहेछ हेर्नुपर्ला जस्तो छ ।

ऊसले मेरो सबै कुरा सुनी, तर केही पनि सुनिन ।

बन्चरो उदाएर राख्, साला यो कपाल ज्यादै बढ्यो । अब ठीक गर्नुपर्छ । बन्चरो उदाएर राख् ।

होइन घाम पनि सेलायो क्य हो ? जति तापे पनि तातो नै हुँदैन । तैपनि मान्छे न हुँ, घामको मन्द ताप नै सही, तापिरहेछु ।

सानो छँदा मर्लान् भन्ने डर, ठूला भएपछि मार्लान् भन्ने डर... बिचरा बाबुआमा ।

पहिले पटकौँपटक सम्पर्क गर्दा पनि ऊ मेरो साथी मात्र थिई, तर आज दुई पटक सम्पर्क गर्न खोज्दा ऊसलाई मेरो गर्लफ्रेण्ड (प्रेमिका) बन्नुपर्ने भयो ।

"...त्यहाँ आऊ, किताब त्यही आएर दिउँला", "हुन्छ तर धेरैबेर नबस्ने है त !" "हुन्छ, किन ?", "मलाई लाज लाग्छ..."

हो मेरो त धज्जी उडिसक्यो अनि तिम्रो चै के-के उड्यो नि !

पृथ्वी गोलो छ भन्छन् । तर मैले त होचो अग्लो, सम्म मात्र देख्छु । यदि गोलो नै छ भने यो गोलाईमा गोलिइँदै फेरी एकै ठाउँमा डल्लो कसो नपरिएला र !

मेरी काली त अहिले गोरी भैछे, फेरि काली भनेर बोलाउन मन मानेन....

फरक मान्छे फरक कुरा । म भन्छु ‘पृथ्वीसँग ठोक्किने भनेको ग्रह आज मैले देखेँ’, यो पनि पत्याउनुस् । उता नासा लगायतले भनिरहेछ, ‘त्यस्तो हुनेभए अहिले सम्म असर देखिन्थ्यो, यी सब बकवास हुन्,’ त्यो पनि पत्याउनुस्, फेरि अर्कोले अर्कैथरी भन्ला कुन कुन कुरा पत्याएर बस्नुहुन्छ । फेरि यहाँ भविष्य कसले देखेको छ र, भएको भविष्य पो देख्नु, नभएको भविष्य कसले कहाँबाट देख्छ ? त्यसैले सोच्न छाड्नुस् यो कुरा, यदी भैहाल्यो भने पनि मर्ने तपाईं एक्लै होइन, सबै मर्ने हुन् ।

मेरी काली त अहिले गोरी भैछे, फेरि काली भनेर बोलाउन मन मानेन....

ऊ अनायास, म अनायास, ऊसको र मेरो भेट अनायास, ऊसको र मेरो सम्बन्ध अनायास, अतः सबै कुरा अनायास, अनायास अनि फेरि अनायास...

ऊता ऊ तड्पिने यता म तड्पिने, तर अचम्मको कुरो त्यो तड्पन आफैमा सीमित हुन्छ ।

चिसो , पूरा निस्तब्ध अनि निस्पट्ट रात अनि म...

तिमी मेरो कमजोरी होइनौ, मात्र मेरो चाहना मात्र होइन । र मेरो चाहनालाई म आफ्नो कमजोरी बनाउन सक्दिनँ किन कि चाहना र कमजोरी दुई अलग कुरा हुन् ।

साला घण्टौदेखि चपाईरहेछु यो चुइङ्गम, कति चपाउनु के, जति चपाए पनि केही नहुने रहेछ... थुः

...रातको त्यस्तै ११ बजेको हुँदो हो । खै कतिबेला देखि हो, मेरो मोबाइल कानमै झुण्डिएको थियो । उताबाट ऊसले सोधी– “थाहा छ कालु, म कहाँ छु ?” “अहँ, कहाँ छौँ ?” मैले सोधेँ । ऊसले बोलीमा हाँसो मिसाउँदै जवाफ दिई– “बाथरुम... तिमीसँग कुरा गर्न म अहिले बाथरुममा आएको छु ।” मैले पनि हाँस्दै “हो र ! किन ?” सोधेँ । प्रत्युत्तरमा ऊसले भनी –“ दाजु–भाउजुले नसुनुन् भनेर”.....

Now its all are over. I can't take it, because I am not... do whatever as your wish BABE. Just do it.

अब मसँग तिमीलाई दिन केही बाँकी रहेन । र सायद म सक्दिनँ पनि । तर एउटा कुरा मसँग यथेष्ट छन् । सायद मैले दिनुपर्ने र दिनसक्ने अब त्यही मात्र बाँकी छ, ल लिऊ ।

अब के गर्ने, हिँ...हिँ...हिँ...हिँ, उहूँ...उहूँ...उहूँ गरेर रोऊँ म ?ऊसको र मेरो बीचमा बाँधिएको डोरी रबरको पो रहेछ कि क्या हो । जति ताने पनि हातमा केबल डोरी मात्र आइरहेछ । अब तानेर होइन पछ्याएर ऊसामु जान्छु ।

मेरो रहर एक चिम्टी खुशी, र त्यो खुशी त्यो दुई शब्दमा छैन । यथार्थको श्रष्टा तिमी, तिमीलाई नै थाहा होला यथार्थ के हो ?

I don't care.....what other peoples thinks of me..... I just don't care......

किञ्चित शाब्दिक हेरफेरले तिमीलाई एक चिम्टी मात्र पनि खुशी मिल्छ भने त्यो शब्द मात्र होइन वाक्य नै परिवर्तन गरिदिउँला ।

शुरुमा हरेक चुइङ्गम गुलीयो लाग्छ, स्वाद जेसुकै होस्, चपाइरहिन्छ, तर पछि विस्तारै त्यसको गुलियोपन कम हुँदै जान्छ, त्यसपछि अन्तिम विकल्प 'थुः'

सम्भवतः ऊ यसैमा रमाउछे, सम्भवतः यो ऊसको दिनचर्या हो, सम्भवतः ऊ धेरै अनुभव बटुल्न चाहन्छे, सम्भवतः उ गौरवान्वित छे, सम्भवतः सम्भवतः सम्भवतः

आज मेरा एक मित्रले भनेका छन्– ‘तिम्रो कालीलाई पनि लिएर मेरो तिर घुम्न आऊ’ तर क्षमा चाहन्छु मित्र, मेरी काली मेरी हुन् या होइनन्, थाहा छैन ।

त्यसो त भट्टीमा गएर आउने मान्छेलाई रक्सी पिएरै आएको भनिन्छ । स्वाभाविकै हो । तर समस्या भट्टी र भट्टी धाउनेमा होइन सोच्नेको सोचाईमा छ । भट्टीमा धाउने हरेक मानिसले रक्सी पिउँदैन ।

मैले भर्जिन फोडेँ । भर्जिनले मलाई फोड्यो..!

भनिनँ, तर भन्नै आँटेको थिएँ कि म किन रोइरहेछु । तर, अगाडि बोली नै फुटेन, फुटोस् पनि कसरी, रुँदै ठीक्क थियो ।

कति बग्न सक्छस् ए !

समय ! म माग्छु, र कुनैबेले उसले दिन्छे पनि । तर मागेर पाएको न नमागी पाएकोमा धेरै फरक पर्छ । सायद यो जरुरी पनि छैन कि सधै म नै मागिरहुँ । धेरै होइन उसको २४ घण्टामा मलाई मात्र ५ मिनेट देओस् । बाँकी २३ घण्टा ५५ मिनेट त उसैको हो र उसैसँग रहोस् । त्यसो त कुनैबेला १ घण्टा पनि नदिएकी होइन ।

व्यस्त त म पनि अति नै व्यस्त छु–आजकल । तर मेरो वयस्तताले कसैले बनाएको ठाउँलाई ओगटेको छैन । विशेष व्यक्तित्व तथा मित्रहरुलाई समय दिइरहेकै छु, तर... दिनेले नदिएपछि.... कसको के नै लाग्दो रहेछ र.....!

मेरो कोशिष अनि डुङ्गाको चाल.... एउटै हो कि, हो कि जस्तो भान पाउँदैछु ।

कपाल बढ्छ, नबढ्ने होइन । र, त्यो कुनै नौलो कुरा पनि होइन । तर बढेको कपाल पो काट्ने हो त, कपाल बढ्यो भन्दैमा टाउकै काटेर हुन्छ र कहीँ ?

बिरामी थिएँ । शरीर दुखाइको पीडा पनि उस्तै असह्य थियो । त्यही झोँकमा दुखाइ कम गर्ने औषधी खाएर सुतिदिएँ । मेरो निद्रा बिच्क्याउने कोही–केही थिएन । मस्त निद्रामा साथ पाएँ तिम्रो काली ! धेरै पछि आज पुनः तिमीलाई सपनामा देखेँ ।

आज १२ घण्टा लगातार काम गरिरहँदा शरीरको धज्जी उडेको छ । आँखा त झर्ला जस्तै भैरहेछ, टाउको फुट्ला जस्तो भैरहेछ अनि ज्यान उफ्...।

बहकिने मन बहकिइरह्यो, दुख्ने मन दुखिरह्यो, रुने मन रोइरह्यो, हाँस्ने मन हाँसिरह्यो....

जहाँ मन छैन, जहाँ तन छैन, जहाँ इच्छा छैन, जहाँ कुनै महसुस छैन भने जबरजस्तीको पनि कुनै स्वाद छैन । यस्तो खल्लो जबरजस्ती पनि के गरिरहनु ?

म कसै सामु आफुलाई प्रमाणित गर्न चाहन्न । किन गर्नु प्रमाणित ? गलत बुझ्ने उनीहरु, सही पनि बुझ्न सक्छन् नि !

मेरो आँखाको तेल सकियो । सोच्दैछु यो साला सकिइरहने तेल कति मात्र हालिरहने, बरु यो आँखा नै फेरिदिऊँ । कोहि छ मलाई आँखा दिने ?

रीत यस्तै, थीत यस्तै अनि चलेको चलन पनि यस्तै । भाग्य लेख्ने बेला मा केही थाहा भएन । अहिले आएर लेखिदिने भए यो यो लेख भनेर भन्न हुन्थ्यो ।

एक भारी आशा बोकेर प्रतिक्षा गरिरहेछु, गरिरहने छु ।

शरीरको दुरी बढ्दैमा मनको दुरी किन बढाउनु र ? कि यि दुई पनि एक सिक्काका दुई पाटा हुन् ?

मेरो यो ढुङ्गे मन । अरुको भावना, व्यथा अनि अवस्थालाई कसरी बुझोस् र!

समय र मौका सबैसँग छ । पालो आउँछ, मौका पनि आउँछ, नआत्त । बाँकी सब छोड मात्र धैर्य राख । तिमी वर्तमानमा छौ र सधै वर्तमानमै हुनेछौ ।


वास्तवमै सत्य तितो नै हुँदो रहेछ । एउटा सत्य बकाई ! जसले सम्बन्धलाई सायद फुटाएन, तर चर्काइदिए झैँ लाग्दैछ । मलाई सोच्ने फुर्सद कहाँ र ? कि कुनै कुनै सत्यले सम्बन्ध चिस्सिन सक्छ, मात्र सोचिरहेँ सत्यले झन तताउला !


...र, अब रह्यो कुरा– तिम्रो । क्षमा गर मलाई, अहँ म भन्न सक्दिनँ, किन कि मसँग त्यस्ता कुनै शब्द छैनन् । मेरो यो असमर्थतामा नै ती शब्दहरुलाई भेट्ने कोशिष गर ।


मट्टितेल मैले खन्याएँ, आगो तिमीले लगाइदियौ । ...र, अहिले जलिरहेछु तर खरानी हुन सकेको छैन । या त आगो निभाऊ या त खरानी बनाऊ । यदि मलाई जलाएर तातो हुन चाहन्छौ भने मेरो भन्नु केही छैन । सबै तिम्रै हातमा छ, जे गर्नु छ गर, म त जलिरहेछु, त्यही जलना छटपटिईरहेछु ।

जेसुकै भए तापनि तिम्रो यो व्यवहारले थोरै खुशी भने दिएको छ । त्यो मौनतामा नजाने के के देख्दैछु । त्यो वास्तविकता हो या त मेरो आँखाको कमजोरी ।

केटाहरु सबै उस्तै हुन, पायो भने केही पनि छोड्दैनन् रे । एकपटक कोशिष गरी हेर, अनि थाहा हुन्छ के–के छोड्छ अनि के–के छोड्दैन ।

समातेर राख्ने कुरा भएन त्यसैले केवल अनुरोध मात्र गर्दैछु ।

नचाहेर जुन फुल टिपेँ त्यो त आफैं झरेर गयो । तर त्यो फूल जसलाई टिप्न होइन त्यसरी नै आफ्नो अगाडि फुलिरहेको हेर्न चाहन्थेँ । तर आज आफैं झर्न खोज्दैछ र विवश छु टुलुटुलु हेरिरहन ।

स्याउमाथि छुरी खसोस् या छुरीमाथि स्याउ, काटिने स्याउ नै हो । यसर्थ छुरी सधैं गलत र स्याउ सधैं सही । कसले विचार गरोस् कि स्याउ आफैं छुरी माथि खसेको हो । छुरी र केटाहरुको अवस्था एउटै रहेछ ।

एउटा झुट, त्यो झुट सेलाउन नपाउँदै फेरि अर्को झुट, त्यो पनि सेलाउन नपाउँदै फेरि अर्को झुट । यसरी बढिरहेछ झुटको क्रम । तर त्यो सब झुट सत्य नै हुन् भने पनि कुन सत्य पत्याउने ??

समय आफै पनि समयसँगै चलिरहेको छ । मौका र समय हरेक मान्छेसँग हुन्छ । आज एउटासँग छ भोलि अर्कोसँग अवश्य पनि हुन्छ । कारण समयले धोका दिँदैन, किनकि समय मान्छे होइन । हो धोका मान्छेले मात्र दिन्छ, त्यही मौका र समयको साथ पाएर तर मान्छेले यो सोच्दैन कि, आज समय ऊसँग छ र भोली अर्कोसँग पनि हुनेछ ।



कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको गैर राजनीतिक अभियान ‘एक नेपाली : एक संकल्प’ मा सञ्चारकर्मी भुषण दाहालले बोल्नुभएको यो बाक्यले मेरो मन छोएको छ । जुन वाक्य थियो “सयवटा झुट बोलेर ताली खानु भन्दा एउटा सत्य बोलेर गाली खानु वेश”



एकपटक चुँडेको डोरी पछि चाहे जतिसुकै गाँठो पारेर गाँसियोस् तर पनि त्यो डोरी त्यति मजबुत हुँदैन जति पहिले थियो ।



शरीर टाढा हुँदा मन पनि टाढा भएको जस्तो लाग्नु स्वाभाविक हो, मनमा के छ, के थाहा ? फेरि यहाँ कोही हनुमान पनि छैनन्, छाती चिरेर देखाउनका लागि !



मैले कसैलाई धोका दिइरहेको छैन । किनकि मैले कसैसँग बदला लिन चाहदिन ।



त्यो क्षण सम्झँदा आफैंमाथि दया जागेर आउँछ । यद्यपि त्यो मेरो कमजोरी थिएन । तर पनि म कमजोर बन्न पुगेँ ।

कता कता सुनेको थिएँ, मान्छे पागल भएपछि कसैको केही लाग्दैन– हो रहेछ क्यार !

मान्छेले विश्वास गर्छ अनि धोका पाउँछ । गल्ती धोका दिनेको होइन धोका पाउनेको हो किनभने ऊसले गर्नै नहुने विश्वास गर्छ ।

काल तीन ओटा छन्— भूत, वर्तमान र भविष्य याने हिजो, आज र भोलि । भविष्य याने भोलि, वर्तमान याने आजको मात्र भविष्य (भोलि) हो । भोलि याने भविष्यमा त्यो भोलि (भविष्य) पुनः आज याने वर्तमान नै हुन्छ । अतः भविष्य याने भोलि शब्द र वाक्यमा मात्र छ, वास्तविक जीवनमा केवल आज याने वर्तमान मात्र छ । भविष्य याने भोलि केवल भ्रम मात्र हो । आज याने वर्तमान नै हो वास्तविक जीवन ।

पहिले उनीहरु हुन्छन्, त्यसपछि हामी होइन्छ । पहिले हामी होइन्छ, त्यसपछि उनीहरु हुन्छन् । के दुवै एकैपटक हुन नमिल्ने हो र ?

मेरो अस्तित्व म बाँचुन्जेलसम्मलाई मात्र हो । म मरेपछि मेरो शरीर मात्र होइन सबै कुराको समाप्ती हुन्छ । अतः बाँचुन्जेल मलाई कसैले चिन्नु जरुरी छैन, र आफुलाई चिनाउन म आवश्यक ठान्दिँन ।

कुनै बेला संयोग पनि कस्तो हुन्छ भन्या, साँच्चिकै हो कि झैँ लाग्ने गरी घटना घटिदिन्छ र बारम्बार मन झस्किरहन्छ । तर यथार्थमा त्यो केबल संयोग मात्र हो ।

कुनै कुरा प्रति लगाव, चासो र अनुभुति बढ्दै गएपछि अलि राम्रा लाग्दै जान्छन् रे, अहिले हो कि झैँ लाग्दैछ । निकै राम्रो लाग्न थाल्यो भन्या ।

सबै कुरा काल्पनिक हुन्, भ्रान्ति हुन् । कसैसँग मेल खान गएमा संयोग मात्र हुनेछ ।

यहाँ सबै उस्तै हुन् । कोही आफुभन्दा भिन्न हुँदैनन् । भिन्नजस्ता लाग्ने मात्र हुन् ।

नियतिलाई म बदल्न सक्दिनँ र, सक्दिनँ यो समयलाई रोक्न । यहि नै हो मेरो सबै भन्दा ठूलो कमजोरी ।

केहि दिन पहिले अच्युत घिमिरेको फेसबुक–पेजमा एउटा स्ट्याटस पोष्ट भएको थियो, जहाँ लेखिएको थियो “कवि, प्रेमी र पागल उस्तै हुन् । उनीहरु आफैंले आफैंलाई त बुझ्दैनन् । अरुले त झन् कसरी बुझुन् र ?” तर, म कवि पनि होइन, प्रेमी पनि होइन, न त पागल नै हुँ तर पनि म आफैंलाई बुझ्न सकिरहेको छैन । अरुले त खै के बुझे होलान् र !

हिजो केही क्षण यस्तो लाग्यो, सायद आज मेरो अन्तिम दिन हो यस संसारमा.....।

आज बाबुको मुख हेर्ने दिन । मेरो बिरामी बाबुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । Get Well Soon Dad........

"के गर्ने सुमन, दिनभर गधाले जसरी काम गरे तापनि कुकुरको जति पनि हैसियत हुँदैन, यस्तै हो भाइ यहाँको चलन । तिमी आफैमा सहज हुने कोशिश गर ।"

के गर्ने, मान्छेको जात न हो, ज्यान जाला तर बानी जाँदैन ।

किन आत्तिन्छस्, ए मन ! समय आफ्नै गतिमा छ... पालो आउँछ, धैर्य गर् ।

मान्छेको जीवन सोचेको जस्तो हुन्छ कहाँ र ! यदि सोचेको जस्तो हुँदो हो तापनि मान्छे असन्तुष्ट नै हुने थियो, यहि हो मान्छेको स्वभाव । मान्छेको आ–आफ्नै जीवन, आ–आफ्नै जीवनशैली, आ–आफ्नै आवश्यकताहरु, आ–आफ्नै समस्याहरु र आ–आफ्नै समाधानहरु । यी सबै कुराहरु मान्छेसँग छ । हरेक मान्छे जीवनमा सुख नै खोजिरहन्छ, जुन सुख आफैमा छ । आन्मसन्तुष्टि नै सुख हो, यो बाहेक अरु कुनै सुख संसारमा छैन । सुखैसुखको बीचमा सुखको के महत्व हुन्छ, यदि त्यहाँ दुःख नै छैन भने ?

कमजोरी ! सबैमा हुन्छ, चाहे जस्तो सुकै मान्छे होस् । कमजोरी सबैमा हुन्छ । कुनै अनौठो कुरा होइन यो । तर अरुको कमजोरी देखाउनु भन्दा पहिले आफ्नो कमजोरीलाइ हेर्ने गरौँ । किनकि सबै कुराको शुरुवात आफैंबाट हुन्छ, अरुबाट होइन ।

भन्नेहरुले त भनिरहन्छन् नि ! के के भन्छन् के के । के ती सबै कुरा सुनेर साध्य लाग्छ ? के भन्नेहरुले भन्दैमा हामी पनि भनिएजस्तै होइने हो र ? सोच्नेहरुले सोच्दैमा के हामी सोचिएजस्तै होइने हो र ? यसर्थ अहिलेको समयमा मैले भन्नेहरुको मुख टाल्नुभन्दा आफ्नो कान टाल्न तर्फ लागेको छु...।

चङ्गा भैरहेछ यो मन । र, उडिरहेछ तयता–त्यता, जता–जता हावाको वेगले लैजान्छ ।

लालयित छु म तिमीलाई स्वागत गर्न, लालयित छु म तिमीलाई आत्मसात गर्न.......

जति सक्दो भासालाई विगार्नुहाश, र भासाबिद्को छुट्टै पहिचान वनाउनुस् ।।।।।।। यी मैले त गरेँ ।

आशा छ तिमी "भाउ खोज्दै गर म अर्की खोज्दै गर्छु" भन्ने दिन नआओस् ।

'.........' मौनता..!! मात्र मौनताको बाहुल्यता । सोधिन्छ—"के भयो, किन मौन ?" प्रत्युत्तरमा पनि फेरि मौनता '.........' ।

आज किन किन मलाई हाम्रा देशका तथाकथित सच्चा, देशभक्त, निष्ठावान्, चरित्रवान् इत्यादि–इत्यादी नेताहरूलाई अन्तर हृदयदेखि नै सलाम गर्न मन लागिरहेछ । त्यसो त म राजनीतिको बारेमा पूर्णतः अनभिज्ञ छु, र कुनै चासो पनि छैन यसप्रति । म यी नेताहरुलाई यस्ता शब्दहरुले सम्मानित गर्न चाहन्छु, सम्बोधन गर्न चाहन्छु तर ती शब्दहरु मैले फेसबुकमा प्रयोग गर्नु, अलि सभ्य नरहला । किनभने त्यस्ता सम्मानोचित शब्दहरु प्रयोग गरेको खण्डमा मेरो र नेताहरुको अवस्था एउटै हुनेछ । शायद यहाँहरुले राम्रोसँग बुझ्नु भो होला—म के भन्दैछु.......

बन्द, बन्द, बन्द..... जातीय राज्य चाहियो— बन्द । वर्गीय राज्य चाहियो चाहियो— बन्द । जातीय, वर्गाीय राज्य घोषणा हुनुहुँदैन— बन्द । बन्द किन गरियो— बन्द । बन्द किन गरिएन— बन्द । संघीय राज्य चाहियो— बन्द । अखण्ड सुदुरपश्चिम चाहियो— बन्द । संविधान बनेन— बन्द । देशमा ग्यास, पेट्रोलको सधैँ सर्टेज छ, के बन्द गरेर ग्यास पेट्रोलको ढुवानी हुने हो र !? ५ विकास क्षेत्र, १४ अञ्चल, ७५ जिल्ला र सिंगो देश छँदै छ त, किन टुक्र्याउनु प–यो देशलाई ?!जेठ १४ ! जेठ १४ ले इतिहास नै कोर्ला जस्तो लाग्न थाल्यो ।

मान्छेले भ्रममा नै सुख प्राप्त गर्छ अरे ! भ्रममा नै खुशी प्राप्त गर्छ अरे ! मेरो अनुभवमा चैँ यो कुरा ठीकै हो क्यार ! तर त्यो भ्रम पछाडि लुकेको सत्य थाहा पाए पछि नि ?! के हुन्छ त त्यस पछाडि ? सायद मैले भनिरहनु पर्दैन

केहीदिन यता दिउँसोमा निकै निद्रा लागेको महशुस भैरहेछ । रातमा सुत्न खोज्दा गर्मी बढ्या हो या जाडो घट्या हो खै निद्रा नै लाग्दैन । यसो उसो गर्दा, उपन्यास पढ्दा, सुन्दा मध्यरात भएको पत्तै पाइँदैन । फेरि यो चैतको महिना भएर पो हो कि कस्तो अल्छी लाग्दो दिनहरु । न काम गर्न जाँगर लाग्छ न त सुत्न निद्रा नै लाग्छ । गएको तीन दिन यानी ७२ घण्टाको अवधिमा मेरो आँखाले १३ घण्टा मात्र निद्रा पाएको रहेछ । अर्थात् म ७२ घण्टाको अवधिमा १३ घण्टा मात्र निदाएको रहेछु ।

नाटकीय ढंगबाट शुरु भएको हाम्रो सम्बन्ध जसलाई नाटकीय ढंगबाटै अन्त्य हुनु थियो । अन्ततः भयो पनि । सबै कुरा नाटक नै रह्यो । हेर्दा, सुन्दा र बुभ्mदा सत्य जस्तै लाग्ने, वास्तविक जस्तै लाग्ने त्यो त फगत भ्रम थियो । यद्यपि त्यो भ्रम, भ्रम होइन भनी प्रमाणित गर्न विफल प्रयास गरिरहेँ, पागलको रुपमा आपूmलाई प्रस्तुत गरिरहेँ तर त्यो ऊसको लागि ढाल बन्यो, शक्ति बन्यो, बन्यो के के बन्यो, बन्यो । त्यसो त नाटक वास्तविकता हुन कसरी नै सक्छ र ? फेरि ऊनको पनि त स्त्रीहृदय नै त हो के मान्थ्यो ! नाटक शुरु भयो केहि बेर चल्यो र समाफन पनि भयो । तथाकथित सम्बन्धको नाटकका पात्र हामी आ–आफ्नो भूमिका निर्वाह गरी पुनः आ–आफ्नो बाटो लागेका छौँ ।

एकजना दाजु जो मेरो विशिष्ट व्यक्तित्व हुनुहुन्छ, उहाँले भन्ने गर्नुभएको थियो “जीन्दगीमा पाउने, आउने भनेकै सुख र दुःख हो । आज दुःख छ भोलि सुखको पनि पालो आउँछ । आज उसको दिन छ, भोलि तिम्रो पनि दिन आउँछ । फरक यत्ति हो ढिला वा चाँडो तर अवश्य आउँछ ।” मलाई उहाँको यो भनाई चरितार्थ भएको महशुश भैरहेछ । त्यस्तै उहाँले यो पनि भन्नुहुन्थ्यो “यस्तो हुन्छ भन्ने थाहा भएको भए त्यस्तो गर्ने नै थिइनँ ।” यद्यपि यो अलि व्यङ्ग्यात्मक र्शैलीमा भन्ने गर्नुहुन्थ्यो । तथापि म पनि यीनै शब्दहरु उहाँसँग सापट लिई भन्ने गरेको छु “यस्तो हुन्छ भन्ने थाहा भएको भए त्यस्तो गर्ने नै थिइनँ ।” अनि सोच्दैछु, फिर्लान् मेरा दिनहरु पनि ।

गएको रात यानी आजको बिहानी, रातको 1:30 बजे सम्म उपन्यास “समय त्रासदी”को साथ लिएर कसैलाई कुरिरहेँ, बस् कुरिरहेँ । तर जसले मलाई कुराएको थियो, ऊसलाई मतलब भएन कि उसले कसैलाई कुराएको छ र कसैले ऊसलाई कुरिरहेछ मध्यरातसम्म । त्यसैले त म भन्ने गर्दछु– कुरा र बोली मात्र सबथोक होइन, सबथोक कुरा र बोली होइन । तर बुझे पो ! जसरी चल्छ त्यसरी नै चलोस् भन्ने सोचेर कहाँ हुन्छ?

“तँ साला मान्छे नै अनलक्की छस् के !!” मेरो आदरणीय दाजुले केही दिन अघि मलाई भनेको यो वाक्य निकै नै मनासिव लागिरहेछ । स्पष्टै महशुश गर्दै छु – म अनलक्की नै छु । नियती पनि कस्तो ?? सारा कुरा गर्नु गराएर अन्तिममा विफल नै तुल्याईदिन्छ, रिक्त नै बनाइदिन्छ । र म आपूmलाई कसरी लक्की ठानूँ !! आभारी छु दाजु यो वाक्यको लागी, अनि हो म आजसम्म चै अनलक्की नै छु । भविष्यमा नियतीले अझै कता डो¥याउँछ त्यो भने पछि नै थाहा होला तर आज भने म अनलक्की नै छु । अनलक्की.................!!

ऊसले मलाई भनेकी थिई–“म तिम्रो विचारको सम्मान गर्छु, तिम्रो भावनाको कदर गर्छु, तिम्रो । म भाग्यमानी रहेछु– आज तिमीलाई साथीको रुपमा पाएँ । हाम्रो सम्बन्धमा पूर्णविराम नलागोस्, सदा बगिरहोस् यहि गतिमा......” मलाई ऊसका यी शब्दले निकै प्रसन्न तुल्याएको थियो । तर आज त्यही प्रसन्नता उदासीनतामा परिणत हुन्छ, जब यदाकदा मेरा मन मष्तिष्कमा यी शब्दहरु ध्वनित हुन्छन्, सजीव दृश्यको रुपमा स्मरणमा आइरहन्छन् ।

No comments:

Post a Comment