Thursday, March 14, 2013

मेरो त्यो रङ्गीन पल (Mero Tyo Rangin Pal)

मेरो त्यो रङ्गीन पल

    ऊसँग कुरा गरिरहँदा मलाई कस्तो अर्कै महसुस हुन्थ्यो, काउकुती लागेको जस्तो लाग्थ्यो । ऊसको बोल्ने शैली कस्तो मीठो थियो । कुरालाई कताकता मोडेर कस्तो कस्तो रुप दिन्थ्यो । पहिले पहिले ऊ एकदम छिटो बोलेको जस्तो लाग्थ्यो, उसले के बोलेको छ म केही पनि बुभ्mिदन थिएँ, बस अँ, अँ मात्र भनिदिन्थे । तर पछि भने मलाई बिस्तारै बानी पर्दै गयो । ऊसँग फोनमा कुरा गरेपछि म केहीबेर सम्म निदाउन सक्दिनथेँ । अनेक कुराहरु मनमा खेल्थे । त्यसै त्यसै मन चङ्गा भएर कता कता उडिरहथ्यो । यस्तैमा म निदाउँथे ।
    एकदिन म उसैको फोन कुरेर बसिरहेकी थिएँ । मलाई बानी नै परिसकेको थियो ऊसको फोन कुर्ने, ऊसले सधै फोन गथ्र्यो । कहिलकाहिँ फोन गर्न ढिला गरेमा म मिस कल गरिदिन्थे । अनि फोन गथ्र्यो । कहिलेकाहिँ मिस कलको रिप्लाई नआउँदा म त्यत्तिकै छटपटिन थाल्थेँ । खोई के भएको थियो हामी बीच । तर त्यो दिन ऊसले फोन गरेन । मैले यताबाट मिस कल गरिनँ, फोन नै गरेँ । रिङ गएन, कम्प्युटर बोल्यो– तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइलमा अहिले सम्पर्क हुन सकेन कृपया केहि क्षणपछि पुनः प्रयास गर्नुहोला ! मेरो छटपटाहट झन् बढ्यो । छट्पटाहटले मलाई जति घेथ्र्यो म उति फोन ट्राई गरिरहन्थेँ । अन्ततः भएन, अहँ फोन इन्केज भएन रिङ गयो, उप्m तर उठेन । मलाई छट्पटी भन्दा बढी दिक्क लाग्यो ।
    एसएमएस टाईप गरेँ,– “हेई, ह्वाट ह्यापेण्ड यार ? ह्वेयर ह्याभ यु बिन लस्ट ?” । तर रिप्लाई पनि आएन । उप्m रिस उठ्न थाल्यो, तर ऊसँग हो कि आफैसँग हो थाहा छैन । राति साढे एघार बजे उसले फोन ग¥यो, उठाएँ र भनेँ – “हेलो ! किन तिम्रो फोन नलागेको, अनि एकपटक लाग्दा उठाएनौ त के भयो हँ ?”
    “नेटवर्कको समस्याले होला फोन नलागेको, तिमीले फोन गर्दा म बाथरुम थिएँ त्यसैले उठाउन पाइन, एकैछिनमा एसएमएस आएको रहेछ, फोन गरेको तिम्रो फोन पनि लाग्दै लागेन, पछि मात्र लाग्यो ।” उसले भन्यो ।
    उसको र मेरो समस्या त एउटै रहेछ नि ! कहिलेकाहीँ नेटवर्क पनि बाधक बनिदिन्छ, भन्या र चाहिया बेलामा फोन नै लाग्दैन । अनि मैले भनेँ – “ए.. त्यै त कहिलेकाहि यो नेटवर्क पनि के हुन्छ के । अनि के गर्दैछौ त ? खाना खायौ ?”
    “अँ खाईसके, म त डाढिएर बसेको, अहिलेसम्म त केही गरेको छैन तर अब गर्नेवाला छु !” उसले भन्यो ।
    “हँ, के गर्नेवाला छौ” मैले फेरि सोधेँ ।
    “धैर्य गर थाहा पाउछ्यौ । अनि अँ तिमीले चैँ भोजनादि ग¥यौ त ? फोन ट्राई गर्दा गर्दा औँला दुख्यो होला है ?” हाँस्दै भन्यो ।
    “के हो र त्यस्तो । अँ म पनि ढाडिएर बसेको... हि..हि” म हाँसेँ र फेरि भने– “सुजन एउटा कुरा भनौँ ?”
    “एउटा मात्रै, अँ हुन्छ तर एउटा मात्रै है त ?” मजाक गर्दै भन्यो ।
    “ह्या कति एकपट्टि एकपट्टि बोलेको, बोल्ने मन छैन हो ?” उसले बढि नै मजाक गर्न थाले पछि मैले दिक्क मान्दै भनेँ ।
    “दुई पट्टिनै म बोल्न थालेँ भने तिमी चै के गछ्र्यौ नि ? बोल्ने मन नभा भए किन फोन गर्थेँ र !” पछि सम्झाउँदै भन्यो ।
    “ओके, सुन न सुजन, हामी फोनमा मात्र कुरा गर्न थालेको एक हप्ता भैसक्यो । आई वान्ट टु मीट यु, ह्वाट डु यु थिङ्क ?” मैले विषय प्रवेश गर्दै भनेँ ।
    “हा..हा..सो डु यु वान्ना मीट मी बेबी ? साच्ची भेट्ने नै हो र ? नभेटी नहुने हो सुजिता ?” फेरि उहि मजाकको शैलीमा फक्र्यो ऊ ।
    “यस रियल्ली आई वान्ना मीट यु, किन तिमीलाई भेट्ने मन छैन र ?” मैले पनि सिधै भनिदिए तर उसले प्रयोग गरेको बेबी शब्दलाई प्रतिकार गरिनँ ।
    “होइन त्यस्तो होइन, ठीक छ भेटौँला तर कहिले अनि कहाँ ?” अलि सिरियस हुँदै भन्यो ।
    “भोली शनिबार, श्वयम्भूमा भेटौँ” मैले ठाउँ तोक्दै भनेँ ।
    “भोली नै ?” ऊसले प्रश्न ग¥यो ।
    “अँ भोली नै, किन तिमी भ्याउँदैनौँ ?” मैले फेरि सोधेँ ।
    “अँ... बेलुकी ५ बजे भेटौ न त उसो भए, हुँदैन ? अनि तिमी मलाई कसरी चिन्छौ त ?” ऊसले भन्यो ।
    “हुन्छ ठीक पाँच बजे ओके । ह्या चिनिहाल्छु नि !” म हर्षित हुँदै भने ।
    “ओके देन सी यू बेबी, आई एम डाइङ टु स्लीप... लभ यु कालु टेक केयर बाई” ऊ उपसंहारतिर प्रवेश गर्दै भन्यो ।
    “हि..हि.. ओके सी यु, गुड नाईट, बाई” म पनि उपसंहारमा प्रविष्ट भएँ ।
    “के भो किन हाँसेको, अनि अँ भोलि आउँदा धेरै मेकअप गरेर आउनु पर्दैन, मलाई मन पर्दैन” उसले भन्यो ।
    “हुन्छ, भूत जस्तो भएर आउँला है” मैले पनि टिट फर ट्याट गरिदिएँ ।
    अनि त्यसदिन फोन राखेपछि म धेरैबेर सम्म निदाईन । मन–मष्तिष्कमा अनेक कुराहरु उफ्रिन थाले । म ऊसलाई भेट्न पाउने भएकाले निकै खुशी थिएँ । कस्तो होला ऊ भन्ने खुल्दुलीले सताईरह्यो । बिहान ४ बजेतिर मात्र निदाएँ ।
    भोलिपल्ट बिहान १० बजेतिर मात्र उठेँ, एकछिन ओछ्यानमै बसिरहेँ । उठेर बाथरुम गएँ, एकछिन ऐनामा आपूmलाई हेरिरहेँ । बाथरुमको औपचारिकता पुरा गरेपछि कोठामा आएँ अनि चिया बसालेँ । चिया पिइरहँदा ऊ पनि सँगै बसेर चिया पिइरहेको जस्तो भान प¥यो । फटाफट चिया पिएँ, खाना पकाए, खाएँ अनि नुहाई धुवाई गरेँ । कोठामा सबै काम सकिसकेपछि घडि हेरेँ, उप्m बल्ल दुई बजेको रहेछ । बाँकी समय काट्न निकै अप्ठेरो लाग्यो । अनि साढे चार बजेतिर तयार भएर निस्किएँ ।
    म पाँच मिनेट अगाडि नै श्वयम्भूमा पुगेँ, तर फसाद । हिजो आ.. चिनिहाल्छु नि त भनिहालेँ तर अब यहाँ त यत्रा केटाहरु छन् ती मध्ये सुजनलाई कसरी चिन्ने ?? फोन गरेँ– “अँ सुजन म आईसके तिमी कहाँ छौ ?” मैले यति भन्दा नभन्दै ऊसको आवाज आयो– “सुजिता !” तर फोनमा होइन, बाहिर । ऊ मेरो पछाडि रहेछ । हेरेँ, हेरिरहेँ । एकछिन म विश्वास गर्न सकिन कि ऊ नै सुजन हो । धेरैबेरसम्म नबोलीकन हेरिरहेपछि ऊसले भन्यो– “के भयो ?”
     “हँ” म झस्किएँ, “होइन केही भएको छैन !” मैले वातावरणलाई अलि सहज बनाउने कोशिष गरेँ ।  “हिँड ऊ त्यहाँ गएर बसौँ” मैले नजिकैको सिँढिलाई इङ्गित गर्दै भनेँ । हामी सिँढिमा गएर बस्यौँ तर दुवै मौन थियौँ । के कुरा गर्ने, कहाँबाट सुरु गर्ने भन्ने अलमल थियो । “कुनैकुनै बेला मान्छेले जति कोशिष गरेपनि शब्दहरु नपाउँदो रहेछ ।” ऊ अलमलको बीचमा बोल्यो ।
“अँ.. तिमीलाई भेट्छु भन्ने कल्पना पनि गरेको थिएन । तर भेटेँ खुशी लाग्यो ।” मैले खुशी व्यक्त गर्दै भने ।
“ए हो र !” ऊसले छोटो उत्तर दियो । त्यसपछि हामी अनेक कुराहरु गर्न थाल्यौँ । कुरा गरिरहँदा म ऊसको काँधमा आप्mनो टाउको राखिदिएँ । ऊ र म बीच अघोषित प्रेमसम्बन्ध सुरु भैसकेको महसुस भएको थियो मलाई । म कुनै अपरिचित मान्छेसँग होइन आप्mनो प्रेमीसँग बसेकी छु भन्ने सोचिरहेकी थिएँ । कुरा गर्दै जाँदा ६ बजिसकेछ पत्तै भएन । अघि दिउँसो कति ढिलो बितेको थियो समय तर अहिले उप्m ! मलाई ऊसँग बस्न, कुरा गर्न एक घण्टा समय यथेष्ट थिएन । मैले ऊसलाई आप्mनै कोठामा लैजाने सोँचे किनकि म ऊसँग अझै बस्न चाहन्थेँ अझै कुराहरु गर्न चाहन्थेँ र त्यो त्यही श्वयम्भूमा सम्भव थिएन । तर ऊसले अप्ठेरो मान्ने पो हो कि, इन्कार गर्ने पो हो कि भन्ने डर थियो । तर पनि हिम्मत जुटाएर भनेँ– “आज मेरो कोठामा जाऊँ है ?”
“हँ..के भनेको ? किन ?” उ अलि आत्तिएझैँ देखियो ।
“यस्तो त्यस्तो केही होइन, नआत्त, तिमी सहज हुन सक्छौ भने आजको बाँकी समय मलाई देऊ भनेको । ” मैले ऊसलाई प्रश्ट पारिदिएँ । उसले हँ या न केही भनेन । ऊसको मौनतामा मौन स्वीकृति देखेँ । अनि हामी दुवै कोठामा फर्कियौँ । ऊ बाटोमा केही बोलेन न त कोठामा आएर नै केही बोल्यो । “के भयो किन नबोली बसेको कि अहिले बोल्नका लागि शब्दहरु भेटेका छैनौ ?” मैले सोधेँ ।
“अँ त्यस्तो होइन ।” ऊ अलि गम्भीर भएको थियो । मैले भनेँ– “ह्या धेरै सेन्टी नहोऊ न !” प्रत्युत्तरमा ऊ फेरी मौन नै बस्यो । ऊसको मौनतालाई चिर्न मन लागेन । खाना पकाउन थालेँ । ऊसलाई मन पर्ने कालो दाल, भिन्डी र आलुको तरकारी बनाएको थिएँ । मैले ऊसलाई आप्mनो प्रेमीको रुपमा स्वीकारिसकेकी थिएँ त्यसैले म ऊप्रति सहज भएकी थिएँ । ऊ धेरै बोलेको थिएन, बोलिहाल्यो भने सोधेको प्रश्नको जवाफ मात्र दिन्थ्यो या त उटपट्याङ कुरा मात्र गथ्र्यो । मैले केही भन्दा या त हाँस्थ्यो या त म्यागेजिन र मोबाइलमा व्यस्त भइदिन्थ्यो । खाना खाएर म ओछ्यानमा पल्टेकी थिएँ । ऊ छेऊमा बसेको थियो । एकछिनपछि मैले भनेँ– “ के भयो किन नबोलेको हँ ?”
“तिमी मबाट के चाहन्छौ हँ ? तिम्रो यो व्यवहार मलाई अस्वाभाविक लागिरहेछ ।” मलीन स्वरमा भन्यो ।
“लभ”
“ह्वाट ?”
“हो सुजन माया चाहन्छु तिमीबाट, बिकज आई लभ यु सो मच । डोन्ट यु लभ मी सुजन हँ, भन न सुजन, डु यु लभ मी ?” मैले एकैपटक सबै कुराहरु भनिदिएँ ।
“यस आई लभ यु टु सुजिता, आई लभ यु !” यस्तै भन्ला भन्ने आशा गरेकी थिएँ तर प्रत्युत्तरमा ऊ पुनः मौन बस्यो टाउको निहुराएर । वातावरणमा मौनताको रङ पोखियो । केहिबेरको मौनतापछि ऊ बोल्यो– “हाम्रो सम्बन्धलाई अफेयरको रुप दिन ठीक आवश्यक छ जस्तो लाग्छ तिमीलाई ?”
“यसमा आवश्यकताको कुरा होइन सुजन । म तिमीलाई माया गर्छु । तिमीलाई भेट्न मैले होइन, तिम्रो माया भरिएको मनले बोलाएको थियो बुभ्mयौ । तिमी मलाई माया गर्दैनौ भने ठीक छ, म जबरजस्ती गर्दिन तर तिम्रो बोल्ने शैली हेर्दा लाग्छ तिमी पनि मलाई माया गर्छौ” मैले भनेँ ।
“सुजिता त्यस्तो होइन” “के त्यस्तो होइन सुजन भन न ” म बिचमा प्वाक्क बोलेँ ।
“उफ्” ऊ दिक्क मानेजस्तो ग¥यो । लामो सास लिएर फेरि भन्यो– “तिमी पूर्णतः तयार छौ ? त्यसपछि हुने परिणामहरुको बारेमा सोचेकी छ्यौ ?”
“लामो कुरा नगर न सुजन, भन न तिमी मलाई माया गर्छौ । तिमी मलाई आप्mनी प्रेमीका स्वीकार्छौ ?” म ऊसको ठोस निर्णय सुन्न चाहन्थेँ ।
“ओ गड !” ऊ टाउकोमा हात राखेर बस्यो । अनि के त, उहि त हो फेरि मौनतालाई नै अँगाल्यो । धेरैबेरसम्म पनि नबोले पछि सायद म व्यर्थ छु जस्तो लाग्न थाल्यो । कताकता आफैंप्रति ग्लानि भएर आयो । अप्रत्यासित एउटा आवाज सुनेँ – “आई लभ यु”
“ह्वाट ?”
“एस आई लभ यु टु ! ”
“ओ एस ! एस !! एस !!!” म आवाज ननिकालीकन चिच्याएँ । खुशीमा म त ऊसलाई कसेर अँगाल्न पुगेकी रहेछु, पछि मात्र थाहा पाएँ । ऊसले पनि मलाई अँगालेको थियो । एकछिन हामी अँगालोमै बाँधियौँ । अनि मैले लाडिएको स्वरमा भनेँ– “पहिल्यै भनेको भए हुन्थेनँ, त्यत्तिकै नानाथरी कुरा गरेर सिन लम्बाउँछ छुच्चो !” उ दाँत नदेखाईकन हाँस्यो र मैले पनि उसलाई नछोईकन चुम्बन गरिदिएँ । हो नछोईकन, हवाई चुम्बन गर्न छुनु पर्दैन क्यार । त्यसको बदलामा मैले मैले ऊसको अँगालोबाट छुटकारा पाएँ ।
मलाई उचालेर ओछ्यानमा सुताईदियो । अनि आफू छेवैमा बस्यो । ऊसको अनुहार विस्तारै विस्तारै मेरो अनुहार नजिक आएको जस्तो भान पर्न थाल्यो । साच्चिकै नजिक आएकै रहेछ । रोक्कियो, करिब एक इन्च को ग्याप राखेर ऊ रोक्कियो । एकछिन आँखा जुधायो । मेरा ओठहरु काँप्न थालेका थिए । उसको तातो सास मेरो अनुहारमा फिजिएको थियो । मेरो होश मदेखि विस्तारै टाढा गईरहेको महशुस गर्न थालेँ । बीचमा के भयो त्यो थाहा छैन एक्केचोटी मेरो मुखभित्र ऊसको जिब्रो चलमलाईरहेको थाहा पाएँ । ऊ आप्mनो जिब्रोलाई यता उता चलाउँथ्यो ।
मलाई यसपटक साँच्चिकै काउकुति लागिरहेको थियो । मेरा हातका औँलाहरु उसको ठीक्क लामो कपालभित्र घुसेका थिए । हामी अधरपानमा लिप्त हुन थाल्यौँ । बिस्तारै ऊसका हातहरु मेरो छातिमा सलबलाउन थाले, कहिले यता कहिले उता । मलाई झन् भन्दा झन् बढि काउकुती लाग्थ्यो । तर कस्तो मीठो काउकुती । केहिबेरमा शरीरका हरेक कपडाहरुले भुइँमा ठाउँ बनाउन थाले । तत्पश्चात मलाई छुट्टै किसिमको काउकुती लाग्यो, अर्कै अनुभव भयो, अहा ! कस्तो मीठो क्षण, ठ्याक्कै यस्तै अनुभव भनेर भन्न म असमर्थ छु । म झन् भन्दा झन् आनन्दको गहिराई डुब्न थालेँ । म जति जति त्यो आनन्दको गहिराईमा डुब्दै जान्थेँ उति उति ऊसलाई आफुतिर तान्थेँ । वक्य फुट्थेनँ, तैपनि बोल्थेँ– “सु..सु..सुजन” उ मेरो पुकार सुन्दैनथ्यो ।
अन्ततः हामीले एकअर्काको शरीर एकअर्कामा पूर्ण रुपमा बाँडिसकेका थियौँ । जीवनमा धेरै कुराहरु पहिलोपटक र अप्रत्यासित हुने गर्छन त्यसमध्ये यो अनुभव पनि एक थियो । म निकै खुशी थिएँ । जीवनमा मैले आफुले माया गरेको मान्छे पाएकी थिएँ, र उसैबाट यो मीठो अनुभव पनि । म त्यस रात म धेरैबेरसम्म निदाउन सकिनँ । ऊ निदाईरहेको थियो र म ऊसलाई हेरेर अनेक कुराहरु सोचिरहेँ । ऊसको र मेरो सम्बन्ध फोनबाट सुरु भएर आज ओछ्यानसम्म आइपुगेको थियो । ऊ निदाउँदा झन् कति राम्रो देखिएको थियो । मलाई कुनैबेला त्यो वास्तविकता अपत्यारिलो लाग्थ्यो । मेरो यो खुशीको पल सपना हो झैँ लाग्थ्यो र बेलाबेला आफैलाई चिमोटिरहन्थेँ । यस्तैमा ऊ ब्यूँभ्mयो र लठ्ठिएको स्वरमा भन्यो– “अझै सुतेकी छैनौ, के सोचिरहेकी हँ ? सुत !” म पनि आज्ञाकारी बालक झैँ ऊसको छातिमा टाउको लुकाएर सुतेँ ।

सुमन पछाई
काठमाडौँ, नेपाल ।
फाल्गुण २९, ०६९   

बाँकी बिस्तारै मिल्दै जाला ! (Banki Bistarai Mildai Jala)

बाँकी बिस्तारै मिल्दै जाला !

    “बाबु तिमी ठूलो भएपछि के बन्ने ?”
    सामान्यतया यस्ता प्रश्नहरुमा लालाबालाहरुले भन्ने गर्छन्– डाक्टर, इन्जिनियर, पाइलट इत्यादि कमसेकम ठूलो मान्छे बन्छु भन्छन् । तर, ऊ अलि फरक स्वभावको थियो । ऊसले यस्तोउस्तो केही भन्थेन । कसैले यस्तो प्रश्न गरिहालेमा प्रत्युत्तरमा ऊ मौन भै बसिदिन्थ्यो या त थोरै मुस्कान फ्याँकिदिन्थ्यो । बाँकी केही बोल्थेनँ, अहँ केहि बोल्थेन ।
    ऊ प्रायः एकान्त मै बस्न रुचाउँथ्यो । भीडमा ऊ रमाउन सक्दैनथ्यो, एक्लै बस्थ्यो । दूब्लो शरीर भएकाले भारी काम गर्न सक्दैनथ्यो । आमा बाबुले पनि कहिल्यै भारी काम गर्न लगाउँदैनथिए । “यस्तो ख्याउटे छ यसले के गरी खाला खै, पछि गएर मोटायो भने त ठीक छ होइन भने त बिचरा के गर्ला र खोई !” कहिलेकाहिँ आमाबाबुले दया गर्दै भन्थे । ऊ घरदेखि बाहिर त्यति जाँदैनथ्यो । घरमै बसेर कहिले के कहिले के गरिरहन्थ्यो । फोटो हेरेर चित्र कोथ्र्यो र फोटोसँग दुरुस्त बनाउने प्रयासमा लाग्थ्यो । कहिले कापीमा केही लेखेर बसिरहन्थ्यो । अन्तिममा चित्त नबुभ्mदो हो सायद जति लेख्थ्यो ती पानाहरु च्यातेर प्mयाँक्थ्यो । अध्ययनमा मेधावी नै मानिन्थ्यो ऊ । स्कूलमा मास्टरहरुले पनि यो केटो चलाख छ भन्थे । घरमा आएका ठूलाबडाहरुले पनि ऊसको आमासँग बसेर उसको चलाखीको बयान गर्थे, ऊ मुसुमुसु हाँसिदिन्थ्यो र मख्ख पथ्र्यो ।
    घरमा एउटी बुढी हजुरआमा, आमाबाबु, ऊ भन्दा ५ वर्ष जेठो दाजु र २ वर्ष कान्छो भाई मात्र थिए । आम्दानीको श्रोत बाबुको नोकरी मात्र थियो । घर थियो, अनि थोरै जग्गा । कहिलेकाहीँ चामल पनि बेसाउनुपथ्र्यो । बाबु एउटाको नोकरीले तीन भाई छोराहरुको पढाई, घरखर्च र अन्य खर्चहरु येनेकेन पुग्थ्यो । नपुगेर पनि के नै गर्नु थियो र । बाबु घर आएका बेला कहिलेकाहिँ आमासँग “रातदिन अर्काको देशमा पसिना बगाएर काम गर्दा पनि किनारा लाग्न सकिएको छैन” भन्दै रुने गर्थे । बाबु रोएको देख्दा ऊ पनि रुन्थ्यो र ऊसका दाजुभाई पनि रुन्थे । ऊ त्यतिबेला ६ कक्षामा पढिरहेको थियो । एकदिन आमाले खाना खाईरहँदा तीन भाईलाई एकैठाउँमा राखेर भनिन्– “बाबु, घरको अवस्था दिनानुदिन कमजोर हुँदै गइरहेछ, बुबा एक्लैले कताकता मात्र भ्याउने हो खोई, तिमीहरुको पढाई, घरको खर्च, ऋण तिर्न सबैतिर उहाँ एक्लैले कसरी सक्ने हो खोई । यस्तै छ बाबुहो अब आफै विचार गरेर अगाडि बढओ है ।”
    प्रायः तीन भाई छोराहरु खाना खाने समयमा मात्र एकैठाउँमा हुने भएकाले आमाले पनि प्राय त्यही बेला घरको अवस्था छोराहरुलाई भन्ने गर्थिन् । त्यसो त त्यतिबेला छोराहरुलाई भनेर छोराहरुले के नै गर्न सक्थे र तैपनि बिलौना अरु कोसँग गएर पोख्नु र आमाले पनि । हरेकपटक घरको अवस्थाको बारेमा आमाले बताईरहँदा दाजुभाईको मनमा के हुन्थ्यो कुन्नि ! तर ऊ भने अलि गम्भीर हुने गथ्र्यो । टोलाईरहन्थ्यो, खानामा मन लगाउदैनथ्यो । ऊ सोच्थ्यो – “चिन्ता नगर आमा, बेला आउँदैछ, म ठूलो भएपछि कमाउछु, दाई र भाइ ले पनि कमाउछन्, अनि हामी सुखी हुने छौँ । खाना खानेबेलामा यस्तो उस्तो भनेर भनिरहनु पर्दैन । चिन्ता नगर आमा चिन्ता नगर” खाना खाएर टुकी बालेर केही क्षण लेखपढ गथ्र्यो र ओछ्यानमा पल्टन्थ्यो । निद्रा त के लाग्थ्यो र कोल्टो फेर्दै अनेक कुराहरु सोचिरहन्थ्यो ।
    पुसको महिना, चिसो बढिरहेको थियो । सक्नेहरुले ज्याकेट, स्वीटर, जुत्ता लगाएका थिए । ऊ ९ वर्षे बालक ऊसलाई पनि चिसो लाग्थ्यो नै । तैपनि आमाको थोत्रो पछ्यौरा या तीन चार ठाउँमा टालेको स्वीटर लगाउँथ्यो । ऊसलाई पनि ज्याकेट, नयाँ स्वीटर, जुत्ता लगाउने रहर जाग्थ्यो, त्यसो त ऊसको दाजु र भाईलाई पनि यस्तो रहर नजाग्ने त होइन । तर जागेर मात्र के गर्नु । एकदिन त ऊसले बेलुका खाना खाईसकेपछि आमालाई भन्यो पनि– “आमा, यसपालि बुबाले पैसा पढाएपछि हामीलाई ज्याकेट र जुत्ता किनिदिनुहोस् है” ऊसको यस्तो अनुरोधले आमालाई करुणा जागेर आयो छोराहरुप्रति र आफै प्रति पनि । त्यसो त ऊनिहरुको ज्याकेट र जुत्ता नलगाएको जाडोको एउटा याम हैन कैयौँ याम बितिसकेका थिए । आमाले ऊसलाई शान्त पार्दै भनिन्– “हुन्छ बाबु, बुबाले अब छिट्टै पैसा पठाइदिनुहुन्छ अनि तिमीहरु तीनै भाइलाई ज्याकेट, जुत्ता किनिदिउँला है, जाऊ अहिले गएर सुत ।” आमाको मुखबाट यो वाक्य सुनेपछि ऊसको बालापन खुशी भयो र ऊ उफ्रिँदै ओछ्यानमा गयो, आमाले आँशु पुछिन् र भनिन्–“बिचरा मेरा छोराहरु, कहिले फिर्ला यिनीहरुको दिन ?”
    भाई भर्खर मात्र निदाएको थियो । एकछिन त ऊसले भाईलाई उठाएन तर पछि भने बिस्तारै साउतीको स्वर झिक्यो– “बाबु, ए बाबु, भाई उठ् न तँलाई एउटा कुरा भन्छु के”, “हँ, के ?” भाईले उठेर सोध्यो । ऊसले बोलीमा खुशी मिसाउँदै भन्यो– “थाहा छ यसपालि बुबाले पैसा पठाएपछि हामीलाई ज्याकेट र जुत्ता किनिदिने रे, आमाले भन्नुभाको ।” “ए हो र ?” भाई पनि खुशी भयो । अनि यस्तैमा उनीहरु दुवै निदाए ।
    केही दिन पछि बाबुले पैसा पठाईदिए । तर पैसा घरमा आउनुभन्दा अघि नै साहूहरु घरमा आइसकेका थिए । पैसाले एकदिन पनि घरमा बास पाएन । आउनासाथ नै सकियो । आमाले मन थाम्न सकिनन् र कोठामा गएर रुन थालिन् । पछि आफूलाई थामेर घरको कामकाजमा लागिन् । बेलुका खाना खाने बेलामा तीनै छोराहरु जम्मा भए । छोराहरुलाई के थाहा आज बाबुले पठाएको पैसाले घरमा बास पाएको छैन भन्ने, उनिहरु त सोचिरहेथे कि अब ज्याकेट र जुत्ता लगाउन पाइने भइयो । आमाले बिस्तारै भनिन्– “बाबु, बुबाले पठाएको पैसा सबै साहूहरुलाई बुझाए, यसपालि पनि तिमीहरुलाई ज्याकेट र जुत्ता किनिदिन नसक्ने भए ।” यति भनेर आमा रुन थालिन् त्यहि अनि छोराहरु पनि ।
    एकछिन रोइसकेपछि ऊसको दाजुले भन्यो, – “भैगो आमा नरोऊ, हामीलाई अहिले ज्याकेट र जुत्ता चाहिँदैन । कमाएर नै लगाउँला । म अब पढ्दिन, बाटो खर्च खोजिदेऊ म कमाउनु जान्छु, अब म पढ्दै पढ्दिन” । ९ कक्षामा पढ्दै गरेको दाजु पढाई छाडेर कमाउन हिड्यो । त्यसैबखत ऊसले पनि सोच्यो, “दाई गयो अब म पनि जान्छु, म पनि पढ्दिनँ ।” तर ऊ दाजु भन्दा अलि सानै थियो र पढाईमा पनि अलि तीक्ष्ण नै भएकाले आमा र दाजुले ऊसलाई एसएलसी सम्म गर बाँकी त्यसपछि जे जे गरे नि गर्लास् भने । अन्ततः यसरी नै बाँकीका केही वर्षहरु पनि बिते ।
    ऊसको एसएलसीको परीक्षा पनि आयो । परीक्षा सकेर घर आयो । त्यो दिन ऊ आफूलाई पूर्ण रुपमा स्वतन्त्र महसुस ग¥यो । बेलुका खाना खाएर केहिबेर आमासँग बस्यो । भाई पनि सँगै थियो । केहिक्षण पश्चात् आमालाई भन्यो– “आमा म अब एसएलसीको परीक्षा पनि सके अब म भोलि बिहानै काम खोज्न जान्छु, र जे भएपनि काम गर्छु है ।” यद्यपि ऊ अवस्था राम्रो भइदिएको भए बाँकी अध्ययन पनि गर्न चाहन्थ्यो तर त्यो सम्भव थिएन । ऊसले त्यस्तो भनिरहँदा आमा आश्वस्त भइन् भलै ऊ तत्कालै केही गर्न नसकोस् । भाई पनि दाजुको कुरा सुनेर ऊसको र आमाको मुखमा पालैपालो हेरिरह्यो ।
    भोलिपल्ट बिहानै ऊ काम खोज्न हिँड्यो । बेलुका फर्कँदा ऊसको अनुहारमा नैराश्यता, थकान र आशाका किरणहरु देखिन्थे । जसलाई हेरेर आमालाई यथार्थ बुभ्mन समय लागेन, आखिर आमा न हुन् । आयो हातमुख धोयो र पिँढिमा बस्यो । आमाले सम्झाउँदै भनिन्– “बाबु धेरै चिन्ता नलेऊ, बिस्तारै सबै ठीक हुँदै जान्छ, तिमी जे गर्न सक्छौ र जे गर्दा तिमीलाई खुशी मिल्छ त्यहि गर बाबु, आप्mनो बलबुत्ताले भ्याएसम्म कोशिष गर्नदेखि पर नभाग, बाँकी बिस्तारै मिल्दै जान्छ बाबु ।”
भोक, प्यास र निद्राको आशक्ति हराउँदै गएको ऊ सजिलै पछि हट्ने मनस्थितिमा थिएन । सोच्थ्यो– “एक दिन कसो दिन नआऊला र, कति दिनसम्म यसरी बस्नु पर्ला र आखिर म पनि छोरो मान्छे हुँ । छोरो मान्छेको भाग्य सृष्टीकर्तालाई पनि थाहा हुँदैन भन्छन् ।” अनि हराएझैँ लाग्ने मनोबल पुनः पाउँथ्यो । ऊसको कोशिषको क्रम एकदुई दिन होइन हप्तौसम्म चलिरह्यो । सधैँ कहिँ न कहिँ गइरहन्थ्यो तर काम कतै पनि पाउन सक्थेनँ, काम नै नभएको ठाउँमा कसैले काम दिन पनि कसरी सकुन् र । आखिर सबै ऊस्तै त हुन् यहाँ । भिन्नजस्ता त लाग्ने मात्र हुन् । सानै छस् बाबु अहिले नै कमाउन तिर नलाग, तेरो पढाई राम्रो छ, बाँकी पढाई पनि गर भन्नेहरु धेरै थिए । उनीहरुको भनाई गलत थिएन तर अवस्था अनुकुल थिएन ऊसको लागि । समय ऊसको हातमा थिएन, समयको पर्खाललाई ऊ तोड्न सक्थेँ, समय सधैँ आप्mनै गति सधै एउटै हुन्छ, त्यो कहिल्यै पनि मत्थर हुँदैन । समयभन्दा ढिलो हुने मनस्थिति थिएन, छिटो हुने अवस्था थिएन अतः ऊ समयकै गतिमा बग्न बाध्य थियो । त्यसो त ऊ पछि गएर राम्रैसँग फक्रन सक्ला, या त फक्रनै नसक्ला त्यत्तिकै झरेर जाला ! भवितव्य कसले जान्या छ र !
    ऊसका लागि यताउता सोधखोज गरिदिने मान्छेहरु पनि एकदुई जना थिए । उनिहरु पनि कोशिष गरिनै रहेका थिए क्यारे ! एकदिन बेलुका गाउँकै एकजनाले सहरबाट फोन गरे, “शहरमा एउटा काम पाइएको छ, काम सजिलो छ, कामअनुसारकै तलब दिन्छन् । घर सल्लाह गरेर आऊ” यति भनेर फोन काटियो । यसपछि ऊसलाई त्राण आयो । त्यसैदिन बेलुका आमासँग सल्लाह ग¥यो । आमाले पनि नजा बाबु भनिनन् । भन्नु पनि कसरी अब अगाडि पढाउन सकिदैन, घरमा राखेर खर्च जुटाईदिन पनि सकिदैन । ऊसँग केही थिएन, जोश थियो, इच्छाशक्ति थियो, बाध्यता थियो । परिस्थितिले सिर्जना गरेको बाध्यतासँग ऊ सामना गर्न चाहन्थ्यो । बाटो खर्च को चाँजोपाँजो मिलेपछि, झोलामा दुईजोर कपडा, र अन्य केही आवश्यक सामानहरु कोच्यो र कोच्यो सपना र आशालाई पनि, अनि भोलिपल्ट बिहानै सहरतिर लाग्यो..... हो ऊ कमाउन सहर पस्यो । बाँकी बिस्तारै मिल्दै जाला !

सुमन पछाई

काठमाडौँ, नेपाल ।
फाल्गुण २७, ०६९   

Friday, January 4, 2013

Sapana (सपना)



चकमन्न रात, सबैतिर निस्पट्ट अध्यारोको मात्र बाहुल्यता । त्यसमाथि चिसो हावा चलिरहेको । सुनसान रातमा छाएको चकमन्नतालाई छिचोल्ने जाँगर छैन । आप्mनै सुरमा लुखुरलुखर हिँडिरहेको छु । पछाडि फर्केर हेर्ने मन पनि छैन, त्यस्तो अन्धकारमा पछाडि फर्केर हेर्दा झन् नभएको डर पनि कहाँबाट आइपुग्छ, अनि मन त्यसै त्यसै आत्तिन्छ । देखिएको त केही पनि छैन तैपनि केबल अगाडि मात्र हेरिरहेछु । त्यसो त म भूतप्रेतमा विश्वास गर्दिन, रातमा एक्लै हुँदा जति डर मलाई लाग्छ केबल मान्छेसँग मात्र लाग्छ । मनमा डर भएपछि मान्छेले देख्नुपर्ने नदेख्नुपर्ने सबैकुराहरु देख्छ रे । त्यो चकमन्नतामा कतै खस्र्याक खुस्रुक गरेको आवाज आउँदा ममा पनि एक किसिमको डरजस्तो पैदा हुन्थ्यो र सतर्क हुन्थेँ ।
केही अगाडि पुगेपछि मैले मान्छेको गुनगुन आवाज सुनेँ, दुई–तीनओटा साना राता–राता बत्तिजस्ता बलिरहेका थिए । अलिअलि डर पनि लाग्यो, तर ढुक्क पनि भएँ, अब मान्छेहरु भेटिन थाले एक्लै नपरिने भइयो । चुरोट पिउँदै बसेका रहेछन् दुई जोर केटाहरु, सायद रक्सी पनि पिएका हुँदा हुन् । म उहि गतिमा उहि तालमा हिँडिरहेको थिएँ, उनिहरुको छेऊ भएर हिँडे तर पनि उनीहरुलाई वास्ता गरिनँ, मनमा कुरा उठ्थ्यो मैले उनीहरुसँग सँगै जाउँ भन्या भए हुने, भैगो जाँड खाएर बसेका छन् समस्या पो हुने हो कि, फेरि यिनीहरु चार जना छन् । यस्तै सोच्दासोच्दै म अगाडि निक्लिसकेको थिएँ ।
उनीहरुको समूहबाट एउटा आवाज निस्कियो— ‘ओए हिरो ।’ मैले यो आवाजलाई सुने तर केहि पनि सुनिनँ, र हिँडिरहेँ । अचानक एउटा ढुङ्गा मेरो छेऊमा पछारियो, सायद उनिहरुले प्रहार गरेका हुँदा हुन् । जानेर नै छेउतिर हानेका थिए या उनिहरुको निशाना चुक्यो, यो कुरा उनिहरु नै जानुन् । त्यससँगै फेरि किञ्चित शाब्दिक हेरफेर सहितको उहि आवाज दोहोरियो— ‘ओए हिरो, बोलाएको सुन्दैनस् ?’ ‘ए मलाई पो बोलाउनु भएको, आफु आफु नै बोलिरहनुभएको जस्तो लाग्यो अनि...’ म आफुलाई बचाउने प्रयासमा भनेँ । निस्पटट् अन्धकारमा उनीहरुको अनुहार चिन्न सकेको थिएन । उनीहरु मेरो वरीपरी घेरेको शैलीमा बसेका थिए । ‘साला हिरो बन्छस्, बोलाएको पनि नसुनेझैँ गरी हिँड्छस् ?’ ‘तिमीहरु को हौ र तिमीहरुले बोलाएको सुनौँ र तिमीहरुसामु आऊँ, हँ को हौ तिमीहरु ?’ भनेर भन्न मन लाग्यो तर त्यहाँ अवस्था अनुकुल थिएन । अतः फेरि सकेसम्म बोलीलाई नरम बनाउँदै भनेँ– ‘होइन त्यस्तो होइन...’
यति बोलिनसक्दै एउटा मेरो नजिक आएर धम्क्याएको स्वरमा भन्यो— ‘तँसँग के के छ सबै निकाल, मोबाइल, पर्स सबै निकालेर दे होइन भने त यहाँबाट जिउँदो फर्कन पाउँदैनस् ।’ मलाई जुन कुराको डर थियो त्यहि भयो । डर अझ बढ्यो, सायद यो धर्तीमा मेरो आज अन्तिम दिन रहेछ जस्तो लाग्यो । म दलदलमा जाकिइसकेको थिएँ, त्यहाँ जे पनि गर्न सक्थे उनिहरुले । के थाहा पैसा र मोबाइल दिसकेपछि उनीहरुले मलाई मार्ने नै हुन् कि, नमारिहाले पनि मरणासन्न हुने गरी पिट्ने पो हुन् कि । त्यो दलदलबाट आफुलाई निकाल्न मसँग त्यहाँ अनुरोध मात्र थियो, र उनीहरुसमक्ष अनुरोध गरेँ — ‘मसँग केही छैन, भएको भए पो निकालेर दिनु, नभएको कुरा कसरी निकालेर दिऊँ म ?’ ‘साले अझ बढि बोल्छस्, बाँच्ने मन छैन तँलाई ?’ मुक्का ताक्दै भन्यो । उसका साथीहरुले पनि मलाई धम्क्याइरहेका थिए ।
मलाई कहाँबाट जोश आएछ कुन्नि ! जन्मेदेखिको बल निकालेर एक लात कसेर त्यसको पेटमा हानेँ र त्यहाँबाट कुलेलम ठोकेँ । मूर्खता पनि हुनसक्थ्यो त्यो तापनि त्यहाँ मैले त्यो बाहेक अरु केही गर्न पनि त सक्दिनथेँ । उनिहरु पनि मेरो पछि दौडिए मलाई भेट्न । मैले दायाँबायाँ केहि नसोची केबल आफ्नो कुदाईको गति बढाइरहेको थिएँ, यत्तिकैमा उनिहरुले प्रहार गरेको ढुङ्गा मेरो तिघ्रामा बजारियो र म त्यहाँ पछारिन पुगेँ । हातमा साना साना डुङ्गाहरुले छाला खुइल्याइदिएका थिए, कहाँ कति चोट लाग्यो भनेर सोच्ने अवस्था थिएन र म सोचिनँ पनि फेरि उठेँ र उहि गतिमा भाग्ने कोशिष गरेँ । गति भने पहिलेको जस्तो भएको थियो या थिएन त्यो थाहा छैन तर पहिलेकै जस्तो बनाउने कोशिष भने जारी थियो । उनिहरु पनि मेरो पछि भागि नै रहेका थिए ।
भाग्दाभाग्दै एउटा घर अगाडि पुगेँ, आफुलाई ती केटाहरुबाट बचाउन सक्ने त्यहि एउटा सुरक्षित ठाउँ हुनसक्छ भन्ने सोचेँ । पछाडि फर्किएर हेरेँ उनिहरु आएका थिए या थिएनन् त्यो थाहा छैन तर मैले उनिहरुलाई केहि परसम्म पनि देखिनँ । अनि त्यो घरको ढोका ढकढक्याउन पुगेँ । केहिबेर पछि डोका खुल्यो । हातमा टर्च लिएर एउटा मानवआकृति ढोकामा घरको भित्रपट्टि उभियो । म ढुक्क भएँ । त्यसै त मेरो कमजोर आँखा त्यसमाथि त्यो टर्च सिधै मेरो अनुहारमा बालिएको थियो । मैले हातले छेक्ने कोशिष गरेँ र छोटकरीमा आफ्नो अवस्था बताउँदै अनुरोध गरेँ— ‘मेरो पछाडि केही केटाहरु छन्, उनीहरुले मलाई लुट्न चाहन्थे, म भागेर आएको हुँ, एकछिन् म यहाँ बस्न सक्छु ?
केहिबेरसम्म त्यो मानवआकृतिबाट कुनै आवाज आएन । एकछिन्पछि स्त्री–आवाज आयो–‘हुन्छ भित्र आऊ’ । आवाज पहिले नै राम्रो सँग सुनिसकेको जस्तो लाग्यो, मैले त्यो मानवआकृतिलाई अझैसम्म पनि चिन्न सकेको थिएन । अँन्ध्यारो यथावत् नै थियो । तर मलाई आवाज र अनुहारसँग मतलब थिएन, केहिबेर आफुलाई त्यहाँ बिसाउनु थियो ताकि म ती केटाहरुबाट बच्न सकुँ । भित्र पुगेपछि बत्ति बालियो । त्यो मानवआकृति मेरो पछाडि थियो, जसले मलाई त्यही रहेको सोफामा बस्ने आदेश दियो । घोप्टो परेर सोफामा बसेँ अनि त्यो मानवआकृतिलाई कृतज्ञता ज्ञापन गर्दै भनेँ — ‘धन्यवाद ।’ जब मैले यति भनेर मेरो आँखा त्यो मानवआकृतितिर चिप्ल्याइदिएँ, तब म छाँगाबाट खसेझैँ भएँ । बोल्न सकिनँ, हेरेको हे¥यै भएँ ।
एकछिन मौनता छायो त्यहाँ, कोहि बोलेन । न त्यो मानवआकृति बोल्यो न म । केबल आँखाहरु बोलिरहेका थिए तर के बोलिरहेका थिए थाहा छैन । त्यो मानवआकृति अपरिचित थिएन, ऊसँग त म धेरै नजिक भैसकेको थिएँ । केहि महिना अघिसम्म राम्रो साथी नाम धारण गरेको सम्बन्धमा बाँधिएका थियौँ । सहजै हरेक कुरा सार्वजनिक गरिन्थे, र अरु पनि । तर ऊसँग ठाकठुक भएको एक महिना पनि हुन पाएको थिएन । । मिसअन्डरस्ट्याण्डिङ्गले हामी बीच एउटा पर्खाल खडा गरिदिएको थियो । ऊ त्यसै–त्यसै मसँग भड्किरहेकी थिई, मैले धेरै कोशिष गरेको थिएँ, उसको मप्रतिको गलत बुझाईलाई सही बनाउन तर सकेको थिएन । ऊसको व्यवहार यस्तो थियो मानौ मलाई मिल्ने भए मार्न पनि पछि पर्दिनथिई सायद । ऊसको अचानक परिवर्तित व्यवहारलाई झेल्न अलि मुश्किल परेको थियो, कहिले के कहिले के यस्तै थियो उसको अवस्था । अति भैसकेपछि मैले कुनै प्रयास गरेको थिएन, जे गरे गर्छे भनेर बसेको थिएँ । ऊसले मलाई गलत बुझी भने सही पनि त बुझ्न सक्थी नि, जुन दिन मलाई सही बुझ्छे र आउँछे भने ठीक छ आओस् होइन आउँदिन भने नआओस् तर म कुनै कोशिष गर्दिन यहि सोचेर बसेको थिएँ । ऊसले के सोचेकी थिई कुन्नी ! ऊसँग एकाधपटक बाटोमा भेट पनि भयो तर त्यो भेट औपचारिक भेट हुन पाएन । मैले कुनै वास्ता गर्दिनथेँ, म बोल्न अघि सर्दिनथेँ कारण ऊ मेरो कमजोरी थिइन, मप्रतिको रेस्पोन्स मागेर पाउन चाहँदिन थिएँ । यस्तै थियो ।
तर आज नियती पनि कस्तो, मलाई उसैको दैलोमा पु¥याइदियो त्यो पनि केही आवारा केटाहरुको लखेटाईपछि । अझैसम्म पनि त्यहाँ मौनता कै बाहुल्यता थियो । मैले त्यो मौनतालाई चिर्दै भनेँ— ‘तिमी ?’ ‘हो म..’ फेरि मौनता । मैले ऊसलाई हेरिनँ घोप्टो परेर बसेँ, केहि क्षणपछि ऊ बोली– ‘तिम्रो पाइन्टमा रगत लागेको छ त, के गरे उनीहरुले तिमीलाई, कतै... हेर त खुट्टामा चोट लागेको जस्तो छ ।’ पाइन्ट थोरै माथि सारेर हेरेँ, अघि ती केटाहरुले ढुङ्गा प्रहार गर्दा खुट्टामा लागेको थियो, चोट लागेछ, अनि त्यही चोटको रगतको टाटो पाइन्टमा बसेको रहेछ । खल्तीबाट रुमाल झिकेर बाँध्नै आँटेको थिएँ फेरि ऊ बोली– ‘एकछिन पर्ख, त्यसले नगर..’ यति भनेर ऊ अर्को कोठामा पसी र हातमा एउटा टालो, पट्टी र औषधी लिएर आई । टालोले लतपतिएको रगत पुछिदिन थालेकी थिई मैले रोक्दै भनेँ– ‘भैगो छाड, म आफै गर्छु’ । ढुङ्गाले लागेर पछारिँदा हातमा पनि चोट लागेको थियो । ऊसले भनी– ‘हेर हातमा पनि चोट लागेको रहेछ । चुपचाप बस तिमी..’ यति भनेर आफैले खुट्टाको रगत पुछिदिई र औषधी लगाइदिएर पट्टी बाँधिदिई हातमा भने औषधी मात्र लगाईदिई ।
म ऊसको यस्तो व्यवहारले अल्मलिइरहेको थिएँ । के गर्न खोजेकी हो अब फेरि । तापनि केही बोलिरहन मन थिएन, ऊसले भनेकी थिई ‘चुपचाप बस तिमी..’ हो चुपचाप बसिरहेँ । ऊ बोली– ‘एकछिन बस्दै गर म चिया बनाएर ल्याउँछु ।’ मैले भनेँ– ‘पर्दैन चिया बनाउन, दुःख नगर म अब जान्छु, अब त तिनीहरु पनि फर्किसके होलान् ।’ ऊ बोलिन, खाउँला झैँ गरेर हेरी मात्र अनि भान्सामा गई र जाँदै गर्दा औँला तेर्साउँदै भनी– ‘चुपचाप यहीँ बस..’ । केहीबेरमा दुई गिलास चिया लिएर आई, टि टेबुल चिया राखेर छेवैँमा बसी । म चुपचाप टोलाएर बसिरहेपछि फेरि भनी– ‘चिया पनि खाउ भनेर भन्नुपर्ने हो कि आफै खान्छौ ?’ ऊसको आवाज सुनेर म चियाको गिलास समातेँ र पिउन थालेँ सुरुप सुरुप ।
‘कहाँ गएर आएका थियौ ? यो सब कसरी भयो ?’ ऊसले वास्तविकता थाहा पाउने कोशिष गरी । एकछिन् त मैले फेरि मौनतालाई नै अँगाले । अनि सुरु देखि त्यस दैलोसम्म आइपुग्दा सम्मका सबै कुरा ऊसलाई बताएँ । ऊसले सहानुभूति देखाई । यसपछि म केही बोलिनँ, न ऊ नै केही बोलेकी थिई, यद्यपि बोल्नलाई त्यहाँ विषयहरु त धेरै थिए । तर पनि दुवैमा मौनता छाएको थियो । चिया सकिएको रित्तो गिलासलाई त्यही टेबुलमा राखेँ । एकोहोरो त्यो टेबुलको रित्तो गिलासलाई हेरिरहेँ । भरिन्छ, रित्तिन्छ, फेरि भरिन्छ, फेरि रित्तिन्छ । जीवन पनि यहि गिलास जस्तै हो कि झैँ लाग्यो । त्यस्तैमा सुँक्क सुँक्क आवाज सुनेँ । ऊसलाई हेरेँ रोएकी रहिछ । एकछिन चुप नै बसेँ, ऊसको रोदनलाई मैले कुनै प्रतिक्रिया दिइनँ । ऊ रोइरही बस् रोइरही...। ‘के भयो तिमीलाई फेरि, किन रोएकी ?’ केही क्षणपछि मैले सोधेँ । जवाफमा पनि उ रोई नै रही, बोलिन । त्यो सुनसान, चकमन्न रात, त्यो कोठामा दुई मानवआकृति थियो एउटा स्त्री अनि अर्को पुरुष । पुरुष मानवआकृति चुपचाप बसेको थियो, स्त्री मानवआकृति रोइरहेकी थिई, त्यो रातको चकमन्नतालाई ऊसको रुवाईको सुँक्क..सुँक्क.. आवाजले चिरिरहेको थियो ।
त्यसरी नै रुँदै मेरो काँधमा आप्mनो टाउको राख्दै रोदनीय आवाजमा भनी— ‘कालु आई एम सरी...’ । त्यसपछि म त्यहाँ अचम्मित हुनु र अवाक् हुनु बाहेक अरु केही थिएन । ‘आई एम सरी...मलाई गलत नसम्झ है कालु प्लीज ।’ ऊसले फेरि भनी । म कस्तो प्रतिक्रिया दिऊँ त्यहाँ अन्यौलमा थिएँ । भनेँ– ‘के भयो तिमीलाई हँ, किन रोएकी ?’ ऊसलाई मैले झन रोऊ भनेको जस्तो लागेछ कि क्या हो, रोई मात्र रही । यस्तै भयो ऊ बोल्दा म मौन, म बोल्दा ऊ मौन । ऊ रुँदा आँशु आँखाको डिलबाट गाला र ओँठ हुँदै बगेर मेरो सटमा चुहिएको थियो । मैले पनि ऊसलाई रुन दिएँ, डिस्टर्ब गर्न मन लागेन । सोचे मेले रुन लगाएर रोएकी हो र ?  यो आफै रोएकी हो पछि आफै सम्हालिने छे फेरि मैले त्यहाँ ऊसको रोदन बन्द गर्न के गरौँ ?
एकछिन रोइसकेपछि नाक बजाउँदै आफुलाई सम्हाली र भनी— ‘तिमीप्रतिको चासो घटेर तिमीबाट टाढा भएको होइन, न त तिमीलाई गलत सोचेँर नै म टाढा भएको हुँ । म तिमीलाई हर्ट गर्न कहिल्यै चाहिनँ । म विवश थिएँ । तिमीले मलाई जति कुरा भनेका थियौ आप्mनो सोचेर भनेका थियौ मैले त्यहाँ नराम्रो सोच्न कहाँ मिल्छ र ! अलिकति दुःख त मलाई लागेकै थियो, मैले सोचेको थिएन तिमीबाट यो सब होला भनेर । तर तिम्रो पनि त अवस्था त्यस्तै थियो होला यसरी नै आफुलाई सम्झाएको थिएँ । पछि मेरो व्यवस्तताले तिमीसँग त्यति सम्पर्कमा रहिरहन सकिनँ । त्यसपछि तिमीलाई म टाढा भएको महसुस हुन थाल्यो र त्यो स्वाभाविक पनि थियो ।’
 ऊ बोलिरहेकी थिई, र म मौन रहेर ऊसको कुराहरु सुनिरहेको थिएँ । आँशु पुछी र नाक बजाउँदै ऊसले फेरि भनी– ‘हामी त्यति नजिक भैसकेपछि एक्कासी मेरो व्यवहार परिवर्तन हुँदा तिमीलाई नराम्रो लाग्यो र अन्यथा सोच्न पुग्यौ । गल्ती मेरो पनि थियो, तिमीले कति सोध्थ्यौ, कति अनुरोध गथ्र्यौ तर मैले वास्तविकता भन्दा बाहिरको कुरा गरेर तिमीलाई शान्त पार्थेँ । तिमी मलाई विश्वास गथ्र्यौ त्यसैले मेरो कुरा सही होला भनेर केहि समयसम्म शान्त हुन्थ्यौ । मेरो तिमीलाई गर्ने व्यवहार मात्र परिवर्तन भएको थियो कालु विश्वास गर । तिमीप्रतिको भावना अझै पनि उस्तै छ, चासो कम भएको पनि छैन । सबै यथावत् यथास्थान मा छन्’
 अब भने मलाई कताकता भावुकताले छोप्दै लगेको थियो । ऊँ मेरो अँगालोमा थिई, अझै पनि रोईरहेकी । तर म भावुक उसको कुराले भएको थिएँ या ऊसको रोदनले थाहा छैन । फेरि नियतिलाई सम्झन पुगेँ, तेरो यो कस्तो रचना ? कताकता थोरै विश्वास र आश थियो, सम्बन्ध ज्यूँदै छ मरेको छैन तर आज ऊसलाई नाटकीय ढङ्गले भेटेपछि, ऊसका यी यावत् कुरा सुनेपछि साँच्ची ज्यूँदै रहेको आभास भयो । यद्यपि ढिलो भएको थियो तर कमसेकम ऊसले यथार्थ खोतलिरहेकी थिई, जुन यथार्थको श्रष्टा ऊ आफैँ थिई म त एउटा पात्र मात्र थिएँ । ऊसका यी कुराहरु सिधा हिँडिरहेका मात्र थिए तर कुन गोरेटोमा हिडेका थिए र कता गएर मोडिने हुन् यसको टुङ्गो थिएन । ऊसका यी यावत् कुराहरुले के अर्थ राखेका छन् त्यसको टुङ्गो थिएन । अझ भनौ यथार्थको मुख्य ढोका खुल्न बाँकी नै थियो र म पनि आतुर थिएँ यथार्थ थाहा पाउन । मैले ऊसलाई सोधेँ— ‘अनि हामी बीच खासमा भएको चाहिँ के हो त ? को हौँ हामी ? के थियो र के भयो हामीबीच हँ ?’
  ‘तिमी मलाई अझैँ पनि गलत सोच्दैछौ है’ मेरो नाम किटेर नै सोधी । ‘सही गलत को कुरा छाड, आखिर हामी को हौँ र के थियो हामी बीच अनि के भयो अहिले, यति भन ।’ मैले उहि प्रश्न दोहो¥याएँ । ऊ झन् रुन थाली, मेरो अँगालो मै थिई ऊ । मैले चुप हुन आग्रह गरेँ । तर पनि ऊ रोईरही । ऊसको आँशु पुछिदिँदै भनेँ— ‘रुन बन्द गर, भन के भएको हो आखिर हामीबीच हँ ? तिम्रो व्यवहार एक्कासी किन परिवर्तन भएको थियो, अनि मबाट टाढा किन भएकी थियौ ?’ अहँ, रोईरही, बोलिन । ऊसको मौनता फोड्न अनि ऊसको रुवाई बन्द गर्न कसेर कानमा घन्टी बज्ने गरी थप्पड हान्न मन लाग्यो तर एउटी स्त्रीमाथि हात उठाएर महानताको भ्रममा आफुलाई कायर किन बनाउनु ? ‘तिमी नबोल्ने हो भने पर्दैन नबोल, म गएँ, यसै पनि अनायास बनेको हाम्रो सम्बन्ध अनायास टुक्रिएको हो, कारण पनि अनायास नै हो भनेर चित्त बुझाएको छु त्यसै गरौँला ।’ मैले अलि झोँक्किएर भनेँ ।
 ‘कालु... त्यस्तो नभन, कुनै कुरा अनायास छैन हामी बीच, न तिमी, न म, न हाम्रो सम्बन्ध न त कारण नै अनायास छ । मलाई बुभ्mने कोशिष गर । यति विधि भैसक्दा सम्म पनि तिमीले बुझ्न सकेका छैनौ कि म किन यस्तो गर्दैछु ? किन टाढा हुँदैछु । तिमीले शुरुमै एउटा कुरा भनेका थियौ, पहिले ठीकै लाग्थ्यो तर पछि त्यही तिम्रो कुरा मेरो बाधक बन्न पुग्यो त्यसैले यो सब भैरहेको छ...बुझ न कालु... तिमीले नबुझे अरु कसले बुभ्mछ ?’ सुँक्क सुँक्क आवाज मिसाउँदै भनी । यहाँ म झन असमञ्जस्यमा परेको थिएँ, के भन्न खोजेकी हो कुन्नि ! ‘बुझ्न त मैले धेरै तरिकाले बुझेको छु, तर कुन चाहिँ सत्य हो ? तिमी आफै भन न ! अनि अँ मैले त तिमीलाई धेरै कुराहरु भनेको छु, कुन कुरा तिम्रो बाधक बन्न पुग्यो हँ ?’ मैले फेरि सोधेँ ।
   ‘सम्झने कोशिष गर...’ ‘मेरो स्मरण शक्ति कम भएको छ, सम्झन सक्दिनँ’ ऊसको कुरा पूरा नसुनी मैले भनेँ । ऊसले भनी ‘हुन्छ उसो भए ल सुन.... म.. म... मेरो जीवनमा.... तिमी.... ’ ‘तिमीले पुरा कुरा चाहिँ कतिबेला सम्म सक्छौ ? के अड्किरहेको बोल न फटाफट । म आतुर छु सुन्न के हो कुरो भन त सही’ मेरो धैर्यले ठाउँ छोडेको थियो । यत्तिकैमा एउटा पुरुष आवाजले मेरो नाम किटेर बोलायो र सोध्यो— ‘ओए के भयो ? कसलाई के भनेको ? ओए...’ यो आवाजले मलाई झल्याँस्स ब्युँझाईदियो । खाटको अर्कोपट्टी सँगै पल्टेको साथीले म बर्बराउन थालेपछि मलाई उठाएको रहेछ । मैले सपना पो देखेको रहेछु । तर कस्तो अधूरो सपना । साथीलाई गाली गरेँ— ‘साले, केहि बेर पछि मात्र उठाएको भए हुन्थेनँ ? सपना त अधूरो भयो नै कुरा पनि अधूरो भयो । विपनामा थाहा पाउन नसके पनि कमसेकम सपनामा नै सही यथार्थको ढोका त खुल्थ्यो नि !’ ‘साला चिच्याई चिच्याई बर्बराउँछ अनि के गर्नु त ? अनि साँच्चै सपनामा कसलाई देखिस र ?’ ऊ पनि के कम, उहि शैलीमा जवाफ दियो अनि प्रश्न पनि ग¥यो । ‘अरु को हुन्थ्यो र यार, केही समय अगाडिसम्मकी मेरी काली त हो, उहि के उहि काली, चिनिस् ?’ मैले भनेँ । ‘ए अँ अँ चिने । सपनामा समेत छाड्न नसक्ने   कस्ती रहीछ यार ? खैर तिमीहरु दुवै नबुझ्ने मान्छे त होइनौ हेर, तैपनि यो सब भयो । अब पनि त के सोच्छस् हँ ? छाडिदे यार, त्यो एउटा केटीले तेरो जीवन नै रोकिने होइन क्यारे । ऊसले सोच्दैमा तँ त्यस्तै हुने होइनस् । अब सुत्’ थोरै सहानुभूति मिसाउँदै ऊसले भन्यो ।
         सपना, सपना पनि कस्तो देखिएको होला । पहिले तितो अनि पछि मिठो तर त्यो मिठासमा जिब्रो चलमलायो मात्र तर असली मिठास पाउन पाएन । सपनामा ऊसले भनेको हरेक कुरा सही होला त ? खै के हुनसक्ला र ! सायद हुन पनि सक्ला । अलि पछि उठाएको भए पनि हुने नि कमसेकम यथार्थ त थाहा पाउन सक्थेँ । खैर सपना त सपना नै हो नि ! कहिले के देखिन्छ कहिले के । फेरि मैले बोलेको कुन चाहिँ वाक्य त्यसको बाधक बन्यो हँ ? म एकछिन यस्तै अनेक कुराहरु सोचिरहेँ तर त्यहाँ सोचिरहनुको कुनै मतलब थिएन अतः त्यो अधुरो सपना, ऊसको अधुरो कुरा यि सबैलाई पन्छाएर सुतेँ ।

पुस २०, २०६९                                                                                                      
सुमन पछाई
काठमाडौँ नेपाल ।