Thursday, March 14, 2013

मेरो त्यो रङ्गीन पल (Mero Tyo Rangin Pal)

मेरो त्यो रङ्गीन पल

    ऊसँग कुरा गरिरहँदा मलाई कस्तो अर्कै महसुस हुन्थ्यो, काउकुती लागेको जस्तो लाग्थ्यो । ऊसको बोल्ने शैली कस्तो मीठो थियो । कुरालाई कताकता मोडेर कस्तो कस्तो रुप दिन्थ्यो । पहिले पहिले ऊ एकदम छिटो बोलेको जस्तो लाग्थ्यो, उसले के बोलेको छ म केही पनि बुभ्mिदन थिएँ, बस अँ, अँ मात्र भनिदिन्थे । तर पछि भने मलाई बिस्तारै बानी पर्दै गयो । ऊसँग फोनमा कुरा गरेपछि म केहीबेर सम्म निदाउन सक्दिनथेँ । अनेक कुराहरु मनमा खेल्थे । त्यसै त्यसै मन चङ्गा भएर कता कता उडिरहथ्यो । यस्तैमा म निदाउँथे ।
    एकदिन म उसैको फोन कुरेर बसिरहेकी थिएँ । मलाई बानी नै परिसकेको थियो ऊसको फोन कुर्ने, ऊसले सधै फोन गथ्र्यो । कहिलकाहिँ फोन गर्न ढिला गरेमा म मिस कल गरिदिन्थे । अनि फोन गथ्र्यो । कहिलेकाहिँ मिस कलको रिप्लाई नआउँदा म त्यत्तिकै छटपटिन थाल्थेँ । खोई के भएको थियो हामी बीच । तर त्यो दिन ऊसले फोन गरेन । मैले यताबाट मिस कल गरिनँ, फोन नै गरेँ । रिङ गएन, कम्प्युटर बोल्यो– तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइलमा अहिले सम्पर्क हुन सकेन कृपया केहि क्षणपछि पुनः प्रयास गर्नुहोला ! मेरो छटपटाहट झन् बढ्यो । छट्पटाहटले मलाई जति घेथ्र्यो म उति फोन ट्राई गरिरहन्थेँ । अन्ततः भएन, अहँ फोन इन्केज भएन रिङ गयो, उप्m तर उठेन । मलाई छट्पटी भन्दा बढी दिक्क लाग्यो ।
    एसएमएस टाईप गरेँ,– “हेई, ह्वाट ह्यापेण्ड यार ? ह्वेयर ह्याभ यु बिन लस्ट ?” । तर रिप्लाई पनि आएन । उप्m रिस उठ्न थाल्यो, तर ऊसँग हो कि आफैसँग हो थाहा छैन । राति साढे एघार बजे उसले फोन ग¥यो, उठाएँ र भनेँ – “हेलो ! किन तिम्रो फोन नलागेको, अनि एकपटक लाग्दा उठाएनौ त के भयो हँ ?”
    “नेटवर्कको समस्याले होला फोन नलागेको, तिमीले फोन गर्दा म बाथरुम थिएँ त्यसैले उठाउन पाइन, एकैछिनमा एसएमएस आएको रहेछ, फोन गरेको तिम्रो फोन पनि लाग्दै लागेन, पछि मात्र लाग्यो ।” उसले भन्यो ।
    उसको र मेरो समस्या त एउटै रहेछ नि ! कहिलेकाहीँ नेटवर्क पनि बाधक बनिदिन्छ, भन्या र चाहिया बेलामा फोन नै लाग्दैन । अनि मैले भनेँ – “ए.. त्यै त कहिलेकाहि यो नेटवर्क पनि के हुन्छ के । अनि के गर्दैछौ त ? खाना खायौ ?”
    “अँ खाईसके, म त डाढिएर बसेको, अहिलेसम्म त केही गरेको छैन तर अब गर्नेवाला छु !” उसले भन्यो ।
    “हँ, के गर्नेवाला छौ” मैले फेरि सोधेँ ।
    “धैर्य गर थाहा पाउछ्यौ । अनि अँ तिमीले चैँ भोजनादि ग¥यौ त ? फोन ट्राई गर्दा गर्दा औँला दुख्यो होला है ?” हाँस्दै भन्यो ।
    “के हो र त्यस्तो । अँ म पनि ढाडिएर बसेको... हि..हि” म हाँसेँ र फेरि भने– “सुजन एउटा कुरा भनौँ ?”
    “एउटा मात्रै, अँ हुन्छ तर एउटा मात्रै है त ?” मजाक गर्दै भन्यो ।
    “ह्या कति एकपट्टि एकपट्टि बोलेको, बोल्ने मन छैन हो ?” उसले बढि नै मजाक गर्न थाले पछि मैले दिक्क मान्दै भनेँ ।
    “दुई पट्टिनै म बोल्न थालेँ भने तिमी चै के गछ्र्यौ नि ? बोल्ने मन नभा भए किन फोन गर्थेँ र !” पछि सम्झाउँदै भन्यो ।
    “ओके, सुन न सुजन, हामी फोनमा मात्र कुरा गर्न थालेको एक हप्ता भैसक्यो । आई वान्ट टु मीट यु, ह्वाट डु यु थिङ्क ?” मैले विषय प्रवेश गर्दै भनेँ ।
    “हा..हा..सो डु यु वान्ना मीट मी बेबी ? साच्ची भेट्ने नै हो र ? नभेटी नहुने हो सुजिता ?” फेरि उहि मजाकको शैलीमा फक्र्यो ऊ ।
    “यस रियल्ली आई वान्ना मीट यु, किन तिमीलाई भेट्ने मन छैन र ?” मैले पनि सिधै भनिदिए तर उसले प्रयोग गरेको बेबी शब्दलाई प्रतिकार गरिनँ ।
    “होइन त्यस्तो होइन, ठीक छ भेटौँला तर कहिले अनि कहाँ ?” अलि सिरियस हुँदै भन्यो ।
    “भोली शनिबार, श्वयम्भूमा भेटौँ” मैले ठाउँ तोक्दै भनेँ ।
    “भोली नै ?” ऊसले प्रश्न ग¥यो ।
    “अँ भोली नै, किन तिमी भ्याउँदैनौँ ?” मैले फेरि सोधेँ ।
    “अँ... बेलुकी ५ बजे भेटौ न त उसो भए, हुँदैन ? अनि तिमी मलाई कसरी चिन्छौ त ?” ऊसले भन्यो ।
    “हुन्छ ठीक पाँच बजे ओके । ह्या चिनिहाल्छु नि !” म हर्षित हुँदै भने ।
    “ओके देन सी यू बेबी, आई एम डाइङ टु स्लीप... लभ यु कालु टेक केयर बाई” ऊ उपसंहारतिर प्रवेश गर्दै भन्यो ।
    “हि..हि.. ओके सी यु, गुड नाईट, बाई” म पनि उपसंहारमा प्रविष्ट भएँ ।
    “के भो किन हाँसेको, अनि अँ भोलि आउँदा धेरै मेकअप गरेर आउनु पर्दैन, मलाई मन पर्दैन” उसले भन्यो ।
    “हुन्छ, भूत जस्तो भएर आउँला है” मैले पनि टिट फर ट्याट गरिदिएँ ।
    अनि त्यसदिन फोन राखेपछि म धेरैबेर सम्म निदाईन । मन–मष्तिष्कमा अनेक कुराहरु उफ्रिन थाले । म ऊसलाई भेट्न पाउने भएकाले निकै खुशी थिएँ । कस्तो होला ऊ भन्ने खुल्दुलीले सताईरह्यो । बिहान ४ बजेतिर मात्र निदाएँ ।
    भोलिपल्ट बिहान १० बजेतिर मात्र उठेँ, एकछिन ओछ्यानमै बसिरहेँ । उठेर बाथरुम गएँ, एकछिन ऐनामा आपूmलाई हेरिरहेँ । बाथरुमको औपचारिकता पुरा गरेपछि कोठामा आएँ अनि चिया बसालेँ । चिया पिइरहँदा ऊ पनि सँगै बसेर चिया पिइरहेको जस्तो भान प¥यो । फटाफट चिया पिएँ, खाना पकाए, खाएँ अनि नुहाई धुवाई गरेँ । कोठामा सबै काम सकिसकेपछि घडि हेरेँ, उप्m बल्ल दुई बजेको रहेछ । बाँकी समय काट्न निकै अप्ठेरो लाग्यो । अनि साढे चार बजेतिर तयार भएर निस्किएँ ।
    म पाँच मिनेट अगाडि नै श्वयम्भूमा पुगेँ, तर फसाद । हिजो आ.. चिनिहाल्छु नि त भनिहालेँ तर अब यहाँ त यत्रा केटाहरु छन् ती मध्ये सुजनलाई कसरी चिन्ने ?? फोन गरेँ– “अँ सुजन म आईसके तिमी कहाँ छौ ?” मैले यति भन्दा नभन्दै ऊसको आवाज आयो– “सुजिता !” तर फोनमा होइन, बाहिर । ऊ मेरो पछाडि रहेछ । हेरेँ, हेरिरहेँ । एकछिन म विश्वास गर्न सकिन कि ऊ नै सुजन हो । धेरैबेरसम्म नबोलीकन हेरिरहेपछि ऊसले भन्यो– “के भयो ?”
     “हँ” म झस्किएँ, “होइन केही भएको छैन !” मैले वातावरणलाई अलि सहज बनाउने कोशिष गरेँ ।  “हिँड ऊ त्यहाँ गएर बसौँ” मैले नजिकैको सिँढिलाई इङ्गित गर्दै भनेँ । हामी सिँढिमा गएर बस्यौँ तर दुवै मौन थियौँ । के कुरा गर्ने, कहाँबाट सुरु गर्ने भन्ने अलमल थियो । “कुनैकुनै बेला मान्छेले जति कोशिष गरेपनि शब्दहरु नपाउँदो रहेछ ।” ऊ अलमलको बीचमा बोल्यो ।
“अँ.. तिमीलाई भेट्छु भन्ने कल्पना पनि गरेको थिएन । तर भेटेँ खुशी लाग्यो ।” मैले खुशी व्यक्त गर्दै भने ।
“ए हो र !” ऊसले छोटो उत्तर दियो । त्यसपछि हामी अनेक कुराहरु गर्न थाल्यौँ । कुरा गरिरहँदा म ऊसको काँधमा आप्mनो टाउको राखिदिएँ । ऊ र म बीच अघोषित प्रेमसम्बन्ध सुरु भैसकेको महसुस भएको थियो मलाई । म कुनै अपरिचित मान्छेसँग होइन आप्mनो प्रेमीसँग बसेकी छु भन्ने सोचिरहेकी थिएँ । कुरा गर्दै जाँदा ६ बजिसकेछ पत्तै भएन । अघि दिउँसो कति ढिलो बितेको थियो समय तर अहिले उप्m ! मलाई ऊसँग बस्न, कुरा गर्न एक घण्टा समय यथेष्ट थिएन । मैले ऊसलाई आप्mनै कोठामा लैजाने सोँचे किनकि म ऊसँग अझै बस्न चाहन्थेँ अझै कुराहरु गर्न चाहन्थेँ र त्यो त्यही श्वयम्भूमा सम्भव थिएन । तर ऊसले अप्ठेरो मान्ने पो हो कि, इन्कार गर्ने पो हो कि भन्ने डर थियो । तर पनि हिम्मत जुटाएर भनेँ– “आज मेरो कोठामा जाऊँ है ?”
“हँ..के भनेको ? किन ?” उ अलि आत्तिएझैँ देखियो ।
“यस्तो त्यस्तो केही होइन, नआत्त, तिमी सहज हुन सक्छौ भने आजको बाँकी समय मलाई देऊ भनेको । ” मैले ऊसलाई प्रश्ट पारिदिएँ । उसले हँ या न केही भनेन । ऊसको मौनतामा मौन स्वीकृति देखेँ । अनि हामी दुवै कोठामा फर्कियौँ । ऊ बाटोमा केही बोलेन न त कोठामा आएर नै केही बोल्यो । “के भयो किन नबोली बसेको कि अहिले बोल्नका लागि शब्दहरु भेटेका छैनौ ?” मैले सोधेँ ।
“अँ त्यस्तो होइन ।” ऊ अलि गम्भीर भएको थियो । मैले भनेँ– “ह्या धेरै सेन्टी नहोऊ न !” प्रत्युत्तरमा ऊ फेरी मौन नै बस्यो । ऊसको मौनतालाई चिर्न मन लागेन । खाना पकाउन थालेँ । ऊसलाई मन पर्ने कालो दाल, भिन्डी र आलुको तरकारी बनाएको थिएँ । मैले ऊसलाई आप्mनो प्रेमीको रुपमा स्वीकारिसकेकी थिएँ त्यसैले म ऊप्रति सहज भएकी थिएँ । ऊ धेरै बोलेको थिएन, बोलिहाल्यो भने सोधेको प्रश्नको जवाफ मात्र दिन्थ्यो या त उटपट्याङ कुरा मात्र गथ्र्यो । मैले केही भन्दा या त हाँस्थ्यो या त म्यागेजिन र मोबाइलमा व्यस्त भइदिन्थ्यो । खाना खाएर म ओछ्यानमा पल्टेकी थिएँ । ऊ छेऊमा बसेको थियो । एकछिनपछि मैले भनेँ– “ के भयो किन नबोलेको हँ ?”
“तिमी मबाट के चाहन्छौ हँ ? तिम्रो यो व्यवहार मलाई अस्वाभाविक लागिरहेछ ।” मलीन स्वरमा भन्यो ।
“लभ”
“ह्वाट ?”
“हो सुजन माया चाहन्छु तिमीबाट, बिकज आई लभ यु सो मच । डोन्ट यु लभ मी सुजन हँ, भन न सुजन, डु यु लभ मी ?” मैले एकैपटक सबै कुराहरु भनिदिएँ ।
“यस आई लभ यु टु सुजिता, आई लभ यु !” यस्तै भन्ला भन्ने आशा गरेकी थिएँ तर प्रत्युत्तरमा ऊ पुनः मौन बस्यो टाउको निहुराएर । वातावरणमा मौनताको रङ पोखियो । केहिबेरको मौनतापछि ऊ बोल्यो– “हाम्रो सम्बन्धलाई अफेयरको रुप दिन ठीक आवश्यक छ जस्तो लाग्छ तिमीलाई ?”
“यसमा आवश्यकताको कुरा होइन सुजन । म तिमीलाई माया गर्छु । तिमीलाई भेट्न मैले होइन, तिम्रो माया भरिएको मनले बोलाएको थियो बुभ्mयौ । तिमी मलाई माया गर्दैनौ भने ठीक छ, म जबरजस्ती गर्दिन तर तिम्रो बोल्ने शैली हेर्दा लाग्छ तिमी पनि मलाई माया गर्छौ” मैले भनेँ ।
“सुजिता त्यस्तो होइन” “के त्यस्तो होइन सुजन भन न ” म बिचमा प्वाक्क बोलेँ ।
“उफ्” ऊ दिक्क मानेजस्तो ग¥यो । लामो सास लिएर फेरि भन्यो– “तिमी पूर्णतः तयार छौ ? त्यसपछि हुने परिणामहरुको बारेमा सोचेकी छ्यौ ?”
“लामो कुरा नगर न सुजन, भन न तिमी मलाई माया गर्छौ । तिमी मलाई आप्mनी प्रेमीका स्वीकार्छौ ?” म ऊसको ठोस निर्णय सुन्न चाहन्थेँ ।
“ओ गड !” ऊ टाउकोमा हात राखेर बस्यो । अनि के त, उहि त हो फेरि मौनतालाई नै अँगाल्यो । धेरैबेरसम्म पनि नबोले पछि सायद म व्यर्थ छु जस्तो लाग्न थाल्यो । कताकता आफैंप्रति ग्लानि भएर आयो । अप्रत्यासित एउटा आवाज सुनेँ – “आई लभ यु”
“ह्वाट ?”
“एस आई लभ यु टु ! ”
“ओ एस ! एस !! एस !!!” म आवाज ननिकालीकन चिच्याएँ । खुशीमा म त ऊसलाई कसेर अँगाल्न पुगेकी रहेछु, पछि मात्र थाहा पाएँ । ऊसले पनि मलाई अँगालेको थियो । एकछिन हामी अँगालोमै बाँधियौँ । अनि मैले लाडिएको स्वरमा भनेँ– “पहिल्यै भनेको भए हुन्थेनँ, त्यत्तिकै नानाथरी कुरा गरेर सिन लम्बाउँछ छुच्चो !” उ दाँत नदेखाईकन हाँस्यो र मैले पनि उसलाई नछोईकन चुम्बन गरिदिएँ । हो नछोईकन, हवाई चुम्बन गर्न छुनु पर्दैन क्यार । त्यसको बदलामा मैले मैले ऊसको अँगालोबाट छुटकारा पाएँ ।
मलाई उचालेर ओछ्यानमा सुताईदियो । अनि आफू छेवैमा बस्यो । ऊसको अनुहार विस्तारै विस्तारै मेरो अनुहार नजिक आएको जस्तो भान पर्न थाल्यो । साच्चिकै नजिक आएकै रहेछ । रोक्कियो, करिब एक इन्च को ग्याप राखेर ऊ रोक्कियो । एकछिन आँखा जुधायो । मेरा ओठहरु काँप्न थालेका थिए । उसको तातो सास मेरो अनुहारमा फिजिएको थियो । मेरो होश मदेखि विस्तारै टाढा गईरहेको महशुस गर्न थालेँ । बीचमा के भयो त्यो थाहा छैन एक्केचोटी मेरो मुखभित्र ऊसको जिब्रो चलमलाईरहेको थाहा पाएँ । ऊ आप्mनो जिब्रोलाई यता उता चलाउँथ्यो ।
मलाई यसपटक साँच्चिकै काउकुति लागिरहेको थियो । मेरा हातका औँलाहरु उसको ठीक्क लामो कपालभित्र घुसेका थिए । हामी अधरपानमा लिप्त हुन थाल्यौँ । बिस्तारै ऊसका हातहरु मेरो छातिमा सलबलाउन थाले, कहिले यता कहिले उता । मलाई झन् भन्दा झन् बढि काउकुती लाग्थ्यो । तर कस्तो मीठो काउकुती । केहिबेरमा शरीरका हरेक कपडाहरुले भुइँमा ठाउँ बनाउन थाले । तत्पश्चात मलाई छुट्टै किसिमको काउकुती लाग्यो, अर्कै अनुभव भयो, अहा ! कस्तो मीठो क्षण, ठ्याक्कै यस्तै अनुभव भनेर भन्न म असमर्थ छु । म झन् भन्दा झन् आनन्दको गहिराई डुब्न थालेँ । म जति जति त्यो आनन्दको गहिराईमा डुब्दै जान्थेँ उति उति ऊसलाई आफुतिर तान्थेँ । वक्य फुट्थेनँ, तैपनि बोल्थेँ– “सु..सु..सुजन” उ मेरो पुकार सुन्दैनथ्यो ।
अन्ततः हामीले एकअर्काको शरीर एकअर्कामा पूर्ण रुपमा बाँडिसकेका थियौँ । जीवनमा धेरै कुराहरु पहिलोपटक र अप्रत्यासित हुने गर्छन त्यसमध्ये यो अनुभव पनि एक थियो । म निकै खुशी थिएँ । जीवनमा मैले आफुले माया गरेको मान्छे पाएकी थिएँ, र उसैबाट यो मीठो अनुभव पनि । म त्यस रात म धेरैबेरसम्म निदाउन सकिनँ । ऊ निदाईरहेको थियो र म ऊसलाई हेरेर अनेक कुराहरु सोचिरहेँ । ऊसको र मेरो सम्बन्ध फोनबाट सुरु भएर आज ओछ्यानसम्म आइपुगेको थियो । ऊ निदाउँदा झन् कति राम्रो देखिएको थियो । मलाई कुनैबेला त्यो वास्तविकता अपत्यारिलो लाग्थ्यो । मेरो यो खुशीको पल सपना हो झैँ लाग्थ्यो र बेलाबेला आफैलाई चिमोटिरहन्थेँ । यस्तैमा ऊ ब्यूँभ्mयो र लठ्ठिएको स्वरमा भन्यो– “अझै सुतेकी छैनौ, के सोचिरहेकी हँ ? सुत !” म पनि आज्ञाकारी बालक झैँ ऊसको छातिमा टाउको लुकाएर सुतेँ ।

सुमन पछाई
काठमाडौँ, नेपाल ।
फाल्गुण २९, ०६९   

बाँकी बिस्तारै मिल्दै जाला ! (Banki Bistarai Mildai Jala)

बाँकी बिस्तारै मिल्दै जाला !

    “बाबु तिमी ठूलो भएपछि के बन्ने ?”
    सामान्यतया यस्ता प्रश्नहरुमा लालाबालाहरुले भन्ने गर्छन्– डाक्टर, इन्जिनियर, पाइलट इत्यादि कमसेकम ठूलो मान्छे बन्छु भन्छन् । तर, ऊ अलि फरक स्वभावको थियो । ऊसले यस्तोउस्तो केही भन्थेन । कसैले यस्तो प्रश्न गरिहालेमा प्रत्युत्तरमा ऊ मौन भै बसिदिन्थ्यो या त थोरै मुस्कान फ्याँकिदिन्थ्यो । बाँकी केही बोल्थेनँ, अहँ केहि बोल्थेन ।
    ऊ प्रायः एकान्त मै बस्न रुचाउँथ्यो । भीडमा ऊ रमाउन सक्दैनथ्यो, एक्लै बस्थ्यो । दूब्लो शरीर भएकाले भारी काम गर्न सक्दैनथ्यो । आमा बाबुले पनि कहिल्यै भारी काम गर्न लगाउँदैनथिए । “यस्तो ख्याउटे छ यसले के गरी खाला खै, पछि गएर मोटायो भने त ठीक छ होइन भने त बिचरा के गर्ला र खोई !” कहिलेकाहिँ आमाबाबुले दया गर्दै भन्थे । ऊ घरदेखि बाहिर त्यति जाँदैनथ्यो । घरमै बसेर कहिले के कहिले के गरिरहन्थ्यो । फोटो हेरेर चित्र कोथ्र्यो र फोटोसँग दुरुस्त बनाउने प्रयासमा लाग्थ्यो । कहिले कापीमा केही लेखेर बसिरहन्थ्यो । अन्तिममा चित्त नबुभ्mदो हो सायद जति लेख्थ्यो ती पानाहरु च्यातेर प्mयाँक्थ्यो । अध्ययनमा मेधावी नै मानिन्थ्यो ऊ । स्कूलमा मास्टरहरुले पनि यो केटो चलाख छ भन्थे । घरमा आएका ठूलाबडाहरुले पनि ऊसको आमासँग बसेर उसको चलाखीको बयान गर्थे, ऊ मुसुमुसु हाँसिदिन्थ्यो र मख्ख पथ्र्यो ।
    घरमा एउटी बुढी हजुरआमा, आमाबाबु, ऊ भन्दा ५ वर्ष जेठो दाजु र २ वर्ष कान्छो भाई मात्र थिए । आम्दानीको श्रोत बाबुको नोकरी मात्र थियो । घर थियो, अनि थोरै जग्गा । कहिलेकाहीँ चामल पनि बेसाउनुपथ्र्यो । बाबु एउटाको नोकरीले तीन भाई छोराहरुको पढाई, घरखर्च र अन्य खर्चहरु येनेकेन पुग्थ्यो । नपुगेर पनि के नै गर्नु थियो र । बाबु घर आएका बेला कहिलेकाहिँ आमासँग “रातदिन अर्काको देशमा पसिना बगाएर काम गर्दा पनि किनारा लाग्न सकिएको छैन” भन्दै रुने गर्थे । बाबु रोएको देख्दा ऊ पनि रुन्थ्यो र ऊसका दाजुभाई पनि रुन्थे । ऊ त्यतिबेला ६ कक्षामा पढिरहेको थियो । एकदिन आमाले खाना खाईरहँदा तीन भाईलाई एकैठाउँमा राखेर भनिन्– “बाबु, घरको अवस्था दिनानुदिन कमजोर हुँदै गइरहेछ, बुबा एक्लैले कताकता मात्र भ्याउने हो खोई, तिमीहरुको पढाई, घरको खर्च, ऋण तिर्न सबैतिर उहाँ एक्लैले कसरी सक्ने हो खोई । यस्तै छ बाबुहो अब आफै विचार गरेर अगाडि बढओ है ।”
    प्रायः तीन भाई छोराहरु खाना खाने समयमा मात्र एकैठाउँमा हुने भएकाले आमाले पनि प्राय त्यही बेला घरको अवस्था छोराहरुलाई भन्ने गर्थिन् । त्यसो त त्यतिबेला छोराहरुलाई भनेर छोराहरुले के नै गर्न सक्थे र तैपनि बिलौना अरु कोसँग गएर पोख्नु र आमाले पनि । हरेकपटक घरको अवस्थाको बारेमा आमाले बताईरहँदा दाजुभाईको मनमा के हुन्थ्यो कुन्नि ! तर ऊ भने अलि गम्भीर हुने गथ्र्यो । टोलाईरहन्थ्यो, खानामा मन लगाउदैनथ्यो । ऊ सोच्थ्यो – “चिन्ता नगर आमा, बेला आउँदैछ, म ठूलो भएपछि कमाउछु, दाई र भाइ ले पनि कमाउछन्, अनि हामी सुखी हुने छौँ । खाना खानेबेलामा यस्तो उस्तो भनेर भनिरहनु पर्दैन । चिन्ता नगर आमा चिन्ता नगर” खाना खाएर टुकी बालेर केही क्षण लेखपढ गथ्र्यो र ओछ्यानमा पल्टन्थ्यो । निद्रा त के लाग्थ्यो र कोल्टो फेर्दै अनेक कुराहरु सोचिरहन्थ्यो ।
    पुसको महिना, चिसो बढिरहेको थियो । सक्नेहरुले ज्याकेट, स्वीटर, जुत्ता लगाएका थिए । ऊ ९ वर्षे बालक ऊसलाई पनि चिसो लाग्थ्यो नै । तैपनि आमाको थोत्रो पछ्यौरा या तीन चार ठाउँमा टालेको स्वीटर लगाउँथ्यो । ऊसलाई पनि ज्याकेट, नयाँ स्वीटर, जुत्ता लगाउने रहर जाग्थ्यो, त्यसो त ऊसको दाजु र भाईलाई पनि यस्तो रहर नजाग्ने त होइन । तर जागेर मात्र के गर्नु । एकदिन त ऊसले बेलुका खाना खाईसकेपछि आमालाई भन्यो पनि– “आमा, यसपालि बुबाले पैसा पढाएपछि हामीलाई ज्याकेट र जुत्ता किनिदिनुहोस् है” ऊसको यस्तो अनुरोधले आमालाई करुणा जागेर आयो छोराहरुप्रति र आफै प्रति पनि । त्यसो त ऊनिहरुको ज्याकेट र जुत्ता नलगाएको जाडोको एउटा याम हैन कैयौँ याम बितिसकेका थिए । आमाले ऊसलाई शान्त पार्दै भनिन्– “हुन्छ बाबु, बुबाले अब छिट्टै पैसा पठाइदिनुहुन्छ अनि तिमीहरु तीनै भाइलाई ज्याकेट, जुत्ता किनिदिउँला है, जाऊ अहिले गएर सुत ।” आमाको मुखबाट यो वाक्य सुनेपछि ऊसको बालापन खुशी भयो र ऊ उफ्रिँदै ओछ्यानमा गयो, आमाले आँशु पुछिन् र भनिन्–“बिचरा मेरा छोराहरु, कहिले फिर्ला यिनीहरुको दिन ?”
    भाई भर्खर मात्र निदाएको थियो । एकछिन त ऊसले भाईलाई उठाएन तर पछि भने बिस्तारै साउतीको स्वर झिक्यो– “बाबु, ए बाबु, भाई उठ् न तँलाई एउटा कुरा भन्छु के”, “हँ, के ?” भाईले उठेर सोध्यो । ऊसले बोलीमा खुशी मिसाउँदै भन्यो– “थाहा छ यसपालि बुबाले पैसा पठाएपछि हामीलाई ज्याकेट र जुत्ता किनिदिने रे, आमाले भन्नुभाको ।” “ए हो र ?” भाई पनि खुशी भयो । अनि यस्तैमा उनीहरु दुवै निदाए ।
    केही दिन पछि बाबुले पैसा पठाईदिए । तर पैसा घरमा आउनुभन्दा अघि नै साहूहरु घरमा आइसकेका थिए । पैसाले एकदिन पनि घरमा बास पाएन । आउनासाथ नै सकियो । आमाले मन थाम्न सकिनन् र कोठामा गएर रुन थालिन् । पछि आफूलाई थामेर घरको कामकाजमा लागिन् । बेलुका खाना खाने बेलामा तीनै छोराहरु जम्मा भए । छोराहरुलाई के थाहा आज बाबुले पठाएको पैसाले घरमा बास पाएको छैन भन्ने, उनिहरु त सोचिरहेथे कि अब ज्याकेट र जुत्ता लगाउन पाइने भइयो । आमाले बिस्तारै भनिन्– “बाबु, बुबाले पठाएको पैसा सबै साहूहरुलाई बुझाए, यसपालि पनि तिमीहरुलाई ज्याकेट र जुत्ता किनिदिन नसक्ने भए ।” यति भनेर आमा रुन थालिन् त्यहि अनि छोराहरु पनि ।
    एकछिन रोइसकेपछि ऊसको दाजुले भन्यो, – “भैगो आमा नरोऊ, हामीलाई अहिले ज्याकेट र जुत्ता चाहिँदैन । कमाएर नै लगाउँला । म अब पढ्दिन, बाटो खर्च खोजिदेऊ म कमाउनु जान्छु, अब म पढ्दै पढ्दिन” । ९ कक्षामा पढ्दै गरेको दाजु पढाई छाडेर कमाउन हिड्यो । त्यसैबखत ऊसले पनि सोच्यो, “दाई गयो अब म पनि जान्छु, म पनि पढ्दिनँ ।” तर ऊ दाजु भन्दा अलि सानै थियो र पढाईमा पनि अलि तीक्ष्ण नै भएकाले आमा र दाजुले ऊसलाई एसएलसी सम्म गर बाँकी त्यसपछि जे जे गरे नि गर्लास् भने । अन्ततः यसरी नै बाँकीका केही वर्षहरु पनि बिते ।
    ऊसको एसएलसीको परीक्षा पनि आयो । परीक्षा सकेर घर आयो । त्यो दिन ऊ आफूलाई पूर्ण रुपमा स्वतन्त्र महसुस ग¥यो । बेलुका खाना खाएर केहिबेर आमासँग बस्यो । भाई पनि सँगै थियो । केहिक्षण पश्चात् आमालाई भन्यो– “आमा म अब एसएलसीको परीक्षा पनि सके अब म भोलि बिहानै काम खोज्न जान्छु, र जे भएपनि काम गर्छु है ।” यद्यपि ऊ अवस्था राम्रो भइदिएको भए बाँकी अध्ययन पनि गर्न चाहन्थ्यो तर त्यो सम्भव थिएन । ऊसले त्यस्तो भनिरहँदा आमा आश्वस्त भइन् भलै ऊ तत्कालै केही गर्न नसकोस् । भाई पनि दाजुको कुरा सुनेर ऊसको र आमाको मुखमा पालैपालो हेरिरह्यो ।
    भोलिपल्ट बिहानै ऊ काम खोज्न हिँड्यो । बेलुका फर्कँदा ऊसको अनुहारमा नैराश्यता, थकान र आशाका किरणहरु देखिन्थे । जसलाई हेरेर आमालाई यथार्थ बुभ्mन समय लागेन, आखिर आमा न हुन् । आयो हातमुख धोयो र पिँढिमा बस्यो । आमाले सम्झाउँदै भनिन्– “बाबु धेरै चिन्ता नलेऊ, बिस्तारै सबै ठीक हुँदै जान्छ, तिमी जे गर्न सक्छौ र जे गर्दा तिमीलाई खुशी मिल्छ त्यहि गर बाबु, आप्mनो बलबुत्ताले भ्याएसम्म कोशिष गर्नदेखि पर नभाग, बाँकी बिस्तारै मिल्दै जान्छ बाबु ।”
भोक, प्यास र निद्राको आशक्ति हराउँदै गएको ऊ सजिलै पछि हट्ने मनस्थितिमा थिएन । सोच्थ्यो– “एक दिन कसो दिन नआऊला र, कति दिनसम्म यसरी बस्नु पर्ला र आखिर म पनि छोरो मान्छे हुँ । छोरो मान्छेको भाग्य सृष्टीकर्तालाई पनि थाहा हुँदैन भन्छन् ।” अनि हराएझैँ लाग्ने मनोबल पुनः पाउँथ्यो । ऊसको कोशिषको क्रम एकदुई दिन होइन हप्तौसम्म चलिरह्यो । सधैँ कहिँ न कहिँ गइरहन्थ्यो तर काम कतै पनि पाउन सक्थेनँ, काम नै नभएको ठाउँमा कसैले काम दिन पनि कसरी सकुन् र । आखिर सबै ऊस्तै त हुन् यहाँ । भिन्नजस्ता त लाग्ने मात्र हुन् । सानै छस् बाबु अहिले नै कमाउन तिर नलाग, तेरो पढाई राम्रो छ, बाँकी पढाई पनि गर भन्नेहरु धेरै थिए । उनीहरुको भनाई गलत थिएन तर अवस्था अनुकुल थिएन ऊसको लागि । समय ऊसको हातमा थिएन, समयको पर्खाललाई ऊ तोड्न सक्थेँ, समय सधैँ आप्mनै गति सधै एउटै हुन्छ, त्यो कहिल्यै पनि मत्थर हुँदैन । समयभन्दा ढिलो हुने मनस्थिति थिएन, छिटो हुने अवस्था थिएन अतः ऊ समयकै गतिमा बग्न बाध्य थियो । त्यसो त ऊ पछि गएर राम्रैसँग फक्रन सक्ला, या त फक्रनै नसक्ला त्यत्तिकै झरेर जाला ! भवितव्य कसले जान्या छ र !
    ऊसका लागि यताउता सोधखोज गरिदिने मान्छेहरु पनि एकदुई जना थिए । उनिहरु पनि कोशिष गरिनै रहेका थिए क्यारे ! एकदिन बेलुका गाउँकै एकजनाले सहरबाट फोन गरे, “शहरमा एउटा काम पाइएको छ, काम सजिलो छ, कामअनुसारकै तलब दिन्छन् । घर सल्लाह गरेर आऊ” यति भनेर फोन काटियो । यसपछि ऊसलाई त्राण आयो । त्यसैदिन बेलुका आमासँग सल्लाह ग¥यो । आमाले पनि नजा बाबु भनिनन् । भन्नु पनि कसरी अब अगाडि पढाउन सकिदैन, घरमा राखेर खर्च जुटाईदिन पनि सकिदैन । ऊसँग केही थिएन, जोश थियो, इच्छाशक्ति थियो, बाध्यता थियो । परिस्थितिले सिर्जना गरेको बाध्यतासँग ऊ सामना गर्न चाहन्थ्यो । बाटो खर्च को चाँजोपाँजो मिलेपछि, झोलामा दुईजोर कपडा, र अन्य केही आवश्यक सामानहरु कोच्यो र कोच्यो सपना र आशालाई पनि, अनि भोलिपल्ट बिहानै सहरतिर लाग्यो..... हो ऊ कमाउन सहर पस्यो । बाँकी बिस्तारै मिल्दै जाला !

सुमन पछाई

काठमाडौँ, नेपाल ।
फाल्गुण २७, ०६९